6 years ago
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)- एक्सन स्पोर्टस एचडिको आयोजनामा मंगलबारदेखि काठमाडौंमा सुरु भएको मगमग क्रिकेट मेनिया २०१९ इन्डोर मिडिया कप प्रतियोगितामा नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ), सुबीसु केवलनेट र नयाँ पत्रिका दैनिकले दोहोरो जित दर्ता गरेका छन् ।

एनएसजेएफले पहिलो दिन एपीवान एचडी र द हिमालयन्स टाइम्सलाई हराएको हो । प्रतियोगिताको उद्धघाटन खेलमा एपिवन टिभीले मेरो टिभीलाई ४ विकेटले पराजित गर्यो । दोस्रो खेलमा सुवीसु केवल नेटले द हिमालयन टाइम्सलाई ३२ रनले पराजित गर्यो । डिसहोम मिडीया ग्रुपले आयोजक टिम एक्सन स्पोर्टसलाई २७ रनले पराजित गर्यो।
चौथो खेलमा एनएसजेएफले एपिवन एचडिलाई २४ रनले पराजित गर्यो । मेरो टिभीलाई ३९ रनले हराउँदै सुबीसु समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । नयाँ पत्रिका रेडियो नागरिकलाई २२ रनले पराजित गर्यो । एनएसजेएफले हिमालयन टाइम्समाथी २० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । नयाँ पत्रिकाले आयोजक एक्सन स्पोर्टसलाई ५ विकेटले पराजित गर्यो ।
बुधबार सम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख र उप विजेताले ५० हजार पाउने छन् । समुह ए मा एनएसजेएफ,सुबिसु केवल नेट,द हिमालयन्स टाइम्स,मेरो टिभी र एपीवान एचडी रहेका छन् । त्यस्तै समुह बीमा रेडियो नागरिक,नयाँ पत्रिका, एक्सन स्पोट्स, डिस होम र सगरमाथा टिभी रहेका छन् । दुबै समुहका शीर्ष टोली उपाधिको लागि भिड्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]