6 years ago
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय चर्चित कम्पनी रेड रक स्पोर्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई पनि प्रायोजन गरेको छ ।

शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै रेड रकले सोमपाललाई २ वर्षको लागि प्रायोजन गर्ने जनाएको छ । सम्झौता अनुसार रेड रकले सोमपाललाई ३ हजार देखी ५ हजार अमेरिकी डलरका साथै खेल सामग्री उपलब्ध गराउने छ । रेड रकले केहि साता अघि करण केसीलाई पनि एक वर्षको प्रायोजना गरेको थियो । त्यस्तै यू१९ टोली अलराउण्डर भिम सार्कीलाई गतवर्ष रेड रकले तीन वर्षको लागि अनुबन्ध गरेको थियो ।
रेड रकले भारतीय टिमका पुर्व कप्तान सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, युवराज सिंह, विरेन्द्र सहवाग, रविन उथप्पा लगातका विश्वप्रसिद्ध भारतीय क्रिकेटरलाई पनि प्रायोजन गरेको थियो । नेपाललाई सन् २०१४ को टी ट्वान्टी विश्वकप सहभागिता, वान डे मान्यता, पहिलो वान डे र टी ट्वान्टी सिरिज ठूला उपलब्धी दिलाउन सोमपालको प्रर्दशन महत्वपूर्ण रहेको छ । सोमपाल नेपाली टोलीका महत्वपूर्ण सदस्य हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]