default_image

6 years ago

July 14, 2019

नेपालको खराव सुरुवात

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलमा खराब सुरुवात गरेको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवात ६ ओभरमा ४२ रन जोड्न प्रमुख तीन ब्याट्सम्यान गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पवन सरार्फलाई १० रनमा गुमाएको थियो । सैद अजिजको पाँचौ ओभरको पाँचौ बलमा फिल्डिरले क्याच छाडेपनि पारससँग रनमा तालमेल गर्न नसक्दा पवन रन आउट हुन पुगे ।

फ्रिती सामको छैटौं ओभरको दोस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल खराब सर्ट खेल्दै ७ रनमा क्याच आउट हुन पुगे । लगत्तै अर्को बलमा कप्तान पारस खड्का पनि ठूलो सर्ट खेल्ने धुनमा विरनदीप सिंहले उत्कृष्ट क्याच लिएपछि २३ रनमा पेभिलिएन फर्केका छन् ।

पारसले १९ बलमा समान समान २ चौका र छक्का प्रहार गरे । क्रिजमा युवा खेलाडी रोहित कुमार पौडेल र अनुभवी ब्याट्सम्यान शरद भेषवाकर रहेका छन् ।

नेपाल विरुद्ध मलेसिया (प्रत्यक्ष प्रसारण)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.