6 years ago
July 20, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली टि-२० विश्वकप २०२० को एसिया छनोट खेल्न शनिबार सिंगापुर आइपुगेको छ । नेपालले सिंगापुर आगमन गरेसँगै आइतबार नै प्रशिक्षण गर्नेछ ।
२२ जुलाई देखी २८ सम्म सिंगापुरमा चल्ने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा हुने विश्वकपको ग्लोबल क्वालिफायर छनोट खेल्ने पाउनेछ । छनोट प्रतियोगिताको तयारीको रुपमा मलेसियासँगको दुई टी ट्वान्टी आई सिरिज क्लिन स्वीप गरेपनि नेपालले आफ्नो स्तरअनुसार प्रर्दशन गर्न भने सकेन । सिंगापुर र मलेसियाको वातावारण उस्तै रहेकाले नेपालले मलेसियामा प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले पहिलो खेल २३ जुलाईमा कतारसँग खेल्ने छ । त्यस्तै २४ जुलाईमा मलेसियाको सामना गर्ने छ । २७ मा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्ने । तुलानात्मक रुपमा कमजोर टोलीमाथि नेपाललाई सहज जितसँगै कीर्तिमान बनाउने राम्रो अवसर छ ।
नेपाली टोली : पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, पवन सरार्फ, अभिनाष बोहोरा, विनोद भण्डारी, करण केसी र ललित नारायण राजवंशी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]