default_image

6 years ago

July 22, 2019

‘प्लेइङ ११ छान्न निकै कठिन छ ‘ – कप्तान पारस

113 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले टोलीको प्लेइङ ११ छान्न सहज नभएको बताएका छन् ।

आईसीसी टी२० एसिया विश्वकप छनोटमा कतारसँग खेल्नुअघि हाम्रोखेलकुदसँग कुरा गर्दै पारसले टोलीमा देखिएको तीब्र प्रतिस्पर्धाले प्लेइङ ११ छान्न सहज नभएको बताएका हुन् । ‘मैदानको साइज र वातावरण हेर्दा कसलाई खेलाउने भन्नेबारे विहान मैदान आएपछि सल्लाह गर्नुपर्छ । टिममा उच्च प्रतिस्पर्धा छ । हामी उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने छौं’,पारसले भने । खेलाडीमा प्लेइङ ११ पर्न देखिएको तीव्र प्रतिस्पर्धाले टोलीलाई फाइदा पुग्ने पारसको बुझाई छ ।

‘मैदानको आकार र वातावरण हेर्दा सहज छैन । हाम्रो तर्फबाट भने उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । चोटबाट फर्केपछि दिपेन्द्र तयार छन् । भोली विहान कुन पिचमा खेलाउछन् त्यसमा पनि प्लेइङ ११ भर पर्छ, ‘पारसले थपे । नेपाललाई प्रत्येक बल र खेल महत्वपूर्ण रहेको उनले बताए । पारसले कुनैपनि टोलीलाई कमजोर रुपमा लिन नहुने बताउछन् ।

टोलीको ओपनिङ पारसलेनै गर्ने छन् । पारसले लामो समयदेखि खराब प्रर्दशन गरिरहेका उपकप्तान ज्ञानेन्द्र मल्लबाट सबैले राम्रो प्रर्दशनको आसा राखेको बताए ।

नेपालले मंगलबार कतारसँग खेल्दै एसिया विश्वकप छनोटको सुरुवात गर्ने छ । खेल विहान ७ : १५ पछि सुरु हुने छ । कतार पहिलो खेलमा सोमबार आयोजक सिंगापुरसँग ३३ रनले पराजित भएको छ । अघिल्लो चरणको आसा कायमै राख्न कतारलाई नेपालसँगको खेल जित्नै पर्ने दबाब रहने छ । नेपाल भने कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्ने सोचमा रहेको छ ।

कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले सन् २००९ मा कतारलाई ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी ट्वान्टी वरियता अनुसार यस प्रतियोगितामा नेपाल पछिको बलियो टोली कतार रहेको छ ।

यो पनि : नेपाललाई निराश बनाउन सक्ने कतारका ३ स्टार

यो पनि : नेपालले उपाधि जित्न सक्ने ४ आधार

यो पनि : विश्वकप छनोट : बलियो नेपाललाई कतारको चुनौती

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.