default_image

6 years ago

July 23, 2019

विश्वकप छनोट : टस केहि ढिला हुने

119 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोटको पहिलो खेलमा कतारको सामना गर्दैछ ।

प्रतिकुल मौसमका कारण पिचमा समस्या देखिएपछि टस निर्धारित समयभन्दा ३० मिनेट ढिला हुने भएको छ । अघिल्लो दिन खेलाइएको पिचमा नै दोस्रो दिनको खेल पनि हुने सम्भावना रहेको छ । दोस्रो दिन खेल्न तयार गरिएको पिचमा केहि समस्या आएपछि परिवर्तन गर्न लागिएको हो ।

नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार सोमबार पहिलो खेलमा आयोजक सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । पहिलो पटक ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको कतारलाई नेपालसँगको खेल जित्नै दबाब छ ।

कतारले सन् २००७ मा कुवतेमा भएको एसीसी टी २० प्रतियोगितामा नेपाललाई ३ विकेटले पराजित गरेको थियो । सन् २००९ मा कतारलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । आईसीसी टी २० वरीयता अनुसार नेपाल ११ र कतार २१ औं स्थानमा छन् । कतारले नेपालसँग पहिलो पटक टी२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.