default_image

6 years ago

July 23, 2019

‘सोमपाल र करणलाई बलरको रुपमा खेलाएको होइन’ – कप्तान पारस

109 views

0 Bookmark

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कतारसँगको हारसँगै टोलीलाई अब गल्ती गर्ने कुनै मौका नरहेको बताएका छन् । मंगलबार कतारसँग ४ विकेटले पराजित भएपछि हाम्रो खेलकुदसँग बोल्दै पारसले भने ।

‘यो हार हाम्रो लागि राम्रो पाठ हो । हामीले खेल जित्दै गएर अन्तिममा गएर हारेर बेहोर्नुपरेको भए त्यो राम्रो हुने थिएन । अब हामीलाई गल्ती गर्ने एक प्रतिशत पनि मौका छैन’,पारसले भने । बाँकी तीनै खेल जित्दै अघिल्लो चरणमा प्रवेश गर्ने बताए ।

पारसले मैदानको अवस्था हेर्दा २० रनजति कमि भएको कारण खेल हार्नु परेको बताउछन् । कप्तान पारसले ६ जना बलर भन्दा पनि सोमपाल र करणलाई अलराउण्डरको रुपमा मैदान उतारेको बताए । ‘आजको कन्डिसनको अनुसार उत्कृष्ट ११ मैदान उतारेका हौं । नेपाली क्रिकेटलाई कहिले पनि र कुनै पनि कुरा सजिलो हुँदैन’,पारसले भने ।

‘टिममा जित्दा सबै कुरा राम्रो देखिन्छ । आज हार्यौं भन्दैमा टिम खराब छ भन्ने होइन । हामीलाई आशा र विश्वास छ की हामीले उत्कृष्ट पुनरागमन गर्नेछौं’ ,उनले भने । त्यस्तै पारसले कतारले नेपालको स्तरको क्रिकेट खेलेको बताए ।

नेपाल कतारसँग ४ विकेटले पराजित भएपछि धक्का लागेको छ । नेपालले बुधबार मलेसियासँग खेल्नेछ । पाँच टोली सहभागि यस प्रतियोगितामा एकमात्रै टोली ग्लोबल विश्वकप छनोटमा स्थान पाउने हुँदा नेपालले बाँकी तीनै खेल राम्रो रनरेटले जित्नुपर्ने समिकरण बनेको छ ।

यो पनि : विश्वकप छनोट : नेपाल मात्र अंकविहिन

यो पनि : नेपाललाई अर्को झट्का, कप्तान पारस घाइते!

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.