default_image

6 years ago

September 26, 2019

त्रिकोणात्मक सिरिज – जिम्बाबेविरुद्ध उत्रने तयारीमा नेपाल

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले अघिल्लो महिना सिंगापुरमा भएको आइसिसी टि ट्वान्टी विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरियो । उपाधिको दाबेदारका रुपमा हेरिएको नेपालको त्यो प्रर्दशनले टोलीको स्तर,कप्तान,प्रशिक्षक र व्यवस्थापनमाथि नै प्रश्न उठ्यो ।

टि ट्वान्टी वरियतामा ११ औं स्थानमा रहेको नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिएपछि कप्तान पारस खड्काले टोलीले क्षमता अनुसार खेल्न नसकेको बताए । शुक्रबार नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीच त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ ।

नेपाल र जिम्बाबेको टोली सिंगापुर पुगिसकेका छन् । सिंगापुर क्रिकेट बोर्डले आगामी अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । नेपाल खराब प्रर्दशन र जिम्बाबेलाई दुर्भाग्य भन्नुपर्छ आईसीसीलेनै प्रतिबन्ध लगाएपछि यी दुई टोली विश्वकप छनोटमा हुने छैनन् ।

नेपाल असोज १८ गतेदेखि २३ गतेसम्मा ओमानमा हुने टि ट्वान्टी सिरिज खेल्न सिंगापुरबाट त्यसतर्फ जानेछ । यी दुई सिरिजलाई नेपालले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि तयारीको रुपमा लिएको छ । त्यसैले टोलीमा युवा खेलाडीको बाहुल्यता छ ।

यी दुई सिरिजमा सागको तयारीमात्र हुने छैन,टि ट्वान्टीमा नेपाल कुन स्तरको टोली हो थाहा हुने छ । नेपाल ग्लोबल विश्वकप छनोट स्थान बनाउन सकेको भए प्रतिस्पधी टोली यीनै हुने थिए । प्रमुख प्रशिक्षक उमेश पटवालले सिंगापुरको हारपछि नेपाल विश्वकप छनोट खेल्न योग्य नरहेको अभिब्यक्ति दिदा आलोचित बन्नु परेको थियो ।

सिंगापुरसँग बदला लिने सोच
त्रिकोणात्मक सिरिजमा नेपालको एउटा सोच सिंगापुरसँग बदला लिने हुने छ । अर्को जिम्बाबेसँग पहिलो पटक टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उच्च प्रर्दशन गर्ने । अघिल्लो महिना आइसिसी टि ट्वान्टी एसिया विश्वकप छनोटको निर्णायक अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदै नेपाल बाहिरिएको थियो ।

हारको पिडा खेलाडी र समर्थक दुबैले राम्रोसँग भुल्न नपाउँदै सिंगापुरमै उसैविरुद्ध पुन खेल्दै छ । नेपालको स्तर अघिल्लो महिना गरेको प्रर्दशन होइन भनेर सिद्ध गर्न सिंगापुर विरुद्ध खेलाडी उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छन् । नेपाललाई बदला लिने यो सबैभन्दा राम्रो अवसर पनि हो ।

दुवै देश निलम्बनमा
नेपालले आईसीसी टि२० अन्तर्राष्ट्रिय मान्यता खेलमा जिम्बाबेसँग पहिलो खेल खेल्दै छ । दुर्भाग्य भन्नुपर्छ दुवै टोलीको घर भित्र क्रिकेटको अवस्था राम्रो छैन । दुवै आइसिसीको निलम्बनमा छन् । सरकारी हस्तक्षेपलगायतका कारण देखाउँदै दुवै देशका क्रिकेट संघमाथि निलम्बन छ ।

आईसीसीले जिम्बाबेलाई ग्लोबल टि ट्वान्टी प्रतिबन्ध लगायो । जसबाट दुखि हुँदै सिकन्दर राजा सहित थुप्रै खेलाडीले मार्मिक पोष्ट गरेका थिए । उपाधिको दाबेदार जिम्बाबे विश्वकप छनोट खेल्न नपाउनुको पिडा खेलाडीलाई मात्रै थाहा छ । जिम्बाबेको स्थानमा आईसीसीले ग्लोबल छनोटमा नाइजेरियालाई मौका दिएको छ ।

जिम्बाबेलाई यस सिरिजमा गुमाउनु केहि छैन । तर आफ्नो प्रर्दशन आईसीसी सहित विश्व समुदायलाई देखाउन भने छ ।
केहि दिन अघि सम्पन्न अफगानिस्तान र बंगलादेशसँगको त्रिकोणात्मक सिरिजमा खराब प्रर्दशन गरेको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदा अन्य खेलमा पराजित हुन पुगेको थियो ।

टि ट्वान्टी वरियतामा नेपाल ११ औं र जिम्बाबे १५ औं स्थानमा छन् । वरियतामा पछि रहेपनि टेष्ट राष्ट्र जिम्बाबे नेपालभन्दा बलियो मानिन्छ । जिम्बाबेसँग गत वर्ष एक दिवसिय विश्वकप छनोटमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।

नेपालको स्तर मापन
ओमान र सिंगापुरको टि ट्वान्टी सिरिजले नेपालको स्तर प्रष्ट पार्ने छ । ११ औं स्थानमा रहेको नेपालले एसिया टि ट्विान्टी विश्वकप छनोटमा २१ औं स्थानमा रहेको सिंगापुर र २२ स्थानमा रहेको कतारसँग पराजित हुँदै बाहिरिएको थियो ।

सिंगापुर र ओमान दुवै सिरिजमा अन्य टोली भन्दा नेपाल उच्च वरियतामामा रहेको टोली हो । तर मैदानमा नेपालले सबैभन्दा कमजोर प्रर्दशन गर्ने हो की भन्ने चिन्ता पनि छ।

जिम्बाबे,नेदरल्यान्ड्स,आयरल्यान्ड,हङकङ,ओमानसँगको प्रर्दशनले नेपाल मैदानमा कुन स्तरको टोली हो भन्ने बताउने छ । टि ट्वान्टी वरियतामा आयरल्यान्ड १४ औं जिम्बाबे १५ औं ,नेदरल्यान्ड्स १६ औं ,ओमान १८ औं ,हङकङ १९ औं र सिंगापुर २१ औं स्थानमा छ ।

त्रिकोणात्मक सिरिजमा नेपाली टोली
१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६।सन्दीप लामछाने, ७।करण केसी, ८।ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.