5 years ago
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना नेपाल सिंगापुरमा सम्पन्न आईसीसी टि२० विश्वकप एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरियो । उपाधिको दाबेदार नेपालको त्यो प्रर्दशनले स्तर,कप्तान,प्रशिक्षक र ब्यवस्थापनमाथि प्रश्न उठ्यो । टि२० वरियतामा ११ औं स्थानमा रहेको नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरिएपछि कप्तान पारस खड्काले आफ्नो क्षमता अनुसार खेल्न नसकेको बताए ।
शुक्रबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिजमा नेपाल,सिंगापुर र जिम्बावेबीच प्रतिस्पर्धा हुने छ । जसको लागि नेपाल र जिम्बावे दुवै सिंगापुर पुगिसकेका छन् । सिंगापुर क्रिकेट बोर्डले आगामी अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि२० विश्वकप छनोटअघि तयारीस्वरुप त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । नेपाल खराब प्रर्दशनका कारण छनोटबाट बाहिरिसकेको छ भने जिम्बावेलाई दुर्भाग्य भन्नुपर्छ आईसीसीलेनै प्रतिबन्ध लगाएपछि छनोटमा हुने छैन ।
नेपाल असोज १८ देखि २३ सम्म ओमानमा हुने टि२० सिरिजको लागि उतैबाट त्यसतर्फ लाग्ने छ । यी दुई सिरिजलाई नेपालले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली (साग) अघि तयारीको रुपमा लिएको छ । त्यसैले टोलीमा युवा खेलाडीको बाहुल्यता छ । यी दुई सिरिजमा सागको तयारीमात्र हुने छैन,टि२० मा नेपाल कुन स्तरको टोली हो थाहा हुने छ ।
नेपाल ग्लोबल विश्वकप छनोट स्थान बनाउन सकेको भए प्रतिस्पधी टोली यीनै हुने थिए । यी दुई सिरिजको प्रर्दशनपछि नेपाल विश्वकप खेल्न योग्य थियो वा थिएन भन्ने पनि प्रष्ट हुने छ । प्रमुख प्रशिक्षक उमेश पटवालले सिंगापुरको हारपछि नेपाल विश्वकप छनोट खेल्न योग्य नरहेको अभिव्यक्ति दिँदा आलोचित बन्नु परेको थियो ।
सिंगापुरसँग बदला लिने सोच
त्रिकोणात्मक सिरिजमा नेपालको एउटा सोच सिंगापुरसँग बदला लिने हुने छ । अर्को जिम्बावेसँग पहिलो पटक टि२० अन्तर्राष्ट्रिय खेलमा उच्च प्रर्दशन गर्ने । अघिल्लो महिना आईसीसी टि२० एसिया विश्वकप छनोटको निर्णायक अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदै नेपाल बाहिरिएको थियो । उपाधि समारोहमा तेस्रो भएको नेपाललाई दोस्रोको उपाधि दिदा झनै लज्जित बन्नु पर्यो । उक्त हारको पिडा खेलाडी र समर्थक दुबैले राम्रोसँग भुल्न नपाउँदै सिंगापुरमै उसैविरुद्ध पुन खेल्दै छ ।
नेपालको स्तर अघिल्लो महिना गरेको प्रर्दशन होइन भनेर सिद्ध गर्न सिंगापुर विरुद्ध खेलाडी उत्कृष्ट प्रर्दशन गर्ने सोचमा छन् । नेपाललाई बदला लिने यो सबैभन्दा राम्रो अवसर पनि हो। सिंगापुरमाथिको जितले विश्वकप छनोट खेल्न नपाउनुको पिडा केहि हदसम्म कम हुने छ ।
पहिलो खेल, दुवै देश निलम्बनमा
नेपालले आईसीसी टि२० अन्तर्राष्ट्रिय मान्यता खेलमा जिम्बाबेसँग पहिलो खेल खेल्दै छ । दुर्भाग्य भन्नुपर्छ दुबै टोली अभिभावक विहीन छन् । दुबै आईसीसीको निलम्बनमा छन् । दुबै देशमा सरकारी हस्तक्षेप भएको कारण निलम्बन हुनु परेको हो ।
आईसीसीले जिम्बाबेलाई ग्लोबल टि२० विश्वकप खेल्न प्रतिबन्ध लगायो । जसबाट दुखि हुँदै सिकन्दर राजा सहित थुप्रै खेलाडीले मार्मिक पोष्ट गरेका थिए । उपाधिको दाबेदार जिम्बाबे विश्वकप छनोट खेल्न नपाउनुको पिडा खेलाडीलाई मात्रै थाहा छ । जिम्बाबेको स्थानमा आईसीसीले ग्लोबल छनोटमा नाइजेरियालाई मौका दिएको छ । जिम्बाबेलाई यस सिरिजमा गुमाउनु केहि छैन । तर आफ्नो प्रर्दशन आईसीसी सहित विश्व समुदायलाई देखाउन भने छ ।
केहि दिनअघि सम्पन्न अफगानिस्तान र बंगलादेशसँगको त्रिकोणात्मक सिरिजमा खराब प्रर्दशन गरेको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदा अन्य खेलमा पराजित हुन पुगेको थियो । टि२० वरियतामा नेपाल ११ र जिम्बाबे १५ औं स्थानमा छन् । वरियतामा पछि रहेपनि टेष्ट राष्ट्र जिम्बाबे नेपालभन्दा बलियो मानिन्छ । जिम्बाबेसँग गत वर्ष एक दिवसिय विश्वकप छनोटमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।
नेपालको असली स्तर मापन
ओमान र सिंगापुरको टि२० सिरिजले नेपालको स्तर प्रष्ट पार्ने छ । ११ औं स्थानमा रहेको नेपालले एसिया टि२० विश्वकप छनोटमा २१ स्थानमा रहेको सिंगापुर र २२ स्थानमा रहेको कतारसँग पराजित हुँदै बाहिरिएको थियो । जसले वरियतामा जति उच्च स्थानमा रहेपनि फरक नपार्ने प्रष्ट पार्छ । सिंगापुर र ओमान दुवै सिरिजमा अन्य टोली भन्दा नेपाल उच्च वरियतामामा रहेको टोली हो । तर मैदानमा नेपालले सबैभन्दा कमजोर प्रर्दशन गर्ने हो की भन्ने चिन्ता पनि छ।
जिम्बावे, नेदरल्यान्ड, आयरल्यान्ड, हङकङ र ओमानसँगको प्रर्दशनले नेपाल मैदानमा कुन स्तरको टोली हो भन्ने बताउने छ । टि२० वरियतामा जिम्बाबे १५, नेदरल्यान्ड १६, ओमान १८, हङकङ १९, सिंगापुर २१ र आयरल्यान्ड १४ औं स्थानमा छन् ।
सिंगापुर र ओमान सिरिजको लागि नेपाली टोली:
१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी ।
December 15, 2024
भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]