default_image

6 years ago

September 26, 2019

क्यान निर्वाचन : पुरानै नेतृत्व, नयाँ आशा

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखी विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निकास नजिक छ । क्यानमा सरकारी हस्तक्षेप सहित विभिन्न कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले २०७३ देखि निलम्बन गरेको थियो ।

आईसीसीले आफ्नो विशेष पहलमा नेपाली क्रिकेटको विवाद समाधानको लागि पाँच सदस्य स्वतन्त्र समिती गठन गरेको थियो । उक्त स्वतन्त्र समितीले जिल्ला र प्रदेशको सफल निर्वाचन सकेपछि शुक्रबार र शनिबार राजधानीमा क्यानको निर्वाचन हुँदैछ । आइसिसीको निलम्बनमा रहेको क्यानको विधानसम्मत निर्वाचनसँगै निलम्बन फुकुवाका हुने आँकलन गरिएको छ । त्यसैले यस चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । यस पटक चुनावी मैदानमा पुर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द लड्ने निश्चित छ।

महासचिवको जिम्मेवारी निर्वाह गर्दै पाण्डेले झन्डै ५ वर्ष क्यानको अध्यक्षका रुपमा पनि नेतृत्व गरि सकेका छन् । सन् १९६५ देखी सन् २०१० को अन्त्य सम्म पाण्डेले क्यानको विभिन्न पदमा रहेर नेपाली क्रिकेटलाई योगदान दिई सकेका छन् । पाण्डे सन् २००५ देखी २०१० मा क्यानको अध्यक्ष थिए ।

यता चन्द बैतडीबाट प्रतिनिधि हुदै आएका छन् । चन्द २०७२ क्यानका अध्यक्षमा निर्वाचित भएका थिए । तर तत्कालिन अध्यक्ष टंक आङबुहाङको समूहले निर्वाचन बहिष्कार गरेको थियो । त्यसलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनलाई अस्वीकार गर्दै अहिलेका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्षमा क्यान पुर्नगठन गरेका थिए । जसले गर्दा चन्दले अध्यक्षका रुपमा कुनै काम गर्न पाएनन् ।

दुवै समुहको चुनावी मैदानमा दौडधुप जारी छ । यी दुई समुहलाई विनोद मैनाली र मिङ्मा डान्डु शेर्पा समुहले आफूले भनेको पद दिने भए समर्थन गर्ने आश्वासन दिई रहेका छन् । पाण्डे अध्यक्ष हुँदा चन्द उपाध्यक्ष र मैनाली सदस्य थिए । चन्द अध्यक्ष हुँदा उनका निकट रहेका प्रथम उपाध्यक्ष विनोद मैनालीले यस पटक उनलाई साथ नदिने मनसाय गराएका छन् ।

सचिवमा अशोकनाथ प्याकुर्‍याल, उपाध्यक्षमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा रोशन सिंहलाई उठाउने चन्द समुहको तयारी छ । सचिवमा पवन अग्रवाल र उपाध्यक्षमा उपेन्द्रप्रसाद भट्टराईलाई उठाउने तयारीमा पाण्डे छन् । तर दुवैलाई कुनै पनि औपचारीक घोषणा गरेका छैनन् । अध्यक्ष बाहेक अन्य पदमा सहमतीमै जान अन्तिम सम्म हर प्रयास गर्ने चन्द निकट एक जिल्ला प्रतिनिधि बताउछन् । नेपाली कांग्रेस निकट चन्दलाई जिल्ला प्रतिनिधिको राम्रो साथ छ । जिल्ला प्रतिनिधिको आग्रमा आफु निर्वाचन लड्न लागेको चन्द बताउछन् ।

आफैंले ४० वर्ष देखी हुर्काएर बढाएको क्रिकेटको वर्तमान अवस्था नाजुक रहेको हुँदा निकास दिन सक्छु भन्ने लागेर अध्यक्षमा उठ्ने निर्णय गरेको पाण्डेले बताए । यता चन्द भने आफु अध्यक्ष भएपछि क्यान निलम्बनमा परेपछि कामै गर्न नपाएको हुँदा अन्तिम पटक क्यानको नेतृत्व गर्ने इच्छा रहेको बताउछन् । अन्तर्राष्ट्रिय सम्बन्धमा चन्द भन्दा पाण्डे अब्बल मानिन्छन् । हालसम्म चुनाबी बाताबरण हेर्दा यस पटक क्यानमा नयाँ नेतृत्व नआउने निश्चित छ । पुरानै नेतृत्वबाट नेपाली क्रिकेट विकाशको लागि ठूलो आसा राखिएको छ ।

शनिबार हुने निर्वाचनबाट अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष,१३ जना सदस्य सहित कुल १७ जना निर्वाचित हुने छन् । ३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार हुने छ । अध्यक्षमा निर्वाचित हुन ३० मतको आवश्यकता पर्छ। त्यसैले मैनाली र शेर्पा समुहको समर्थन निर्णायक बन्न सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.