default_image

5 years ago

September 27, 2019

जिम्बाबेविरुद्ध खेल्दै नेपाली टोली

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज आज सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज जिम्बाबेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । आईसीसी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा जिम्बाबे र नेपाल पहिलो पटक भिड्दैछन् । सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज आज सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज जिम्बाबेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । आईसीसी टि ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा जिम्बाबे र नेपाल पहिलो पटक भिड्दैछन् ।

सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल अघिल्लो महिना सिंगापुरमै आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । अर्को तर्फ आईसीसीलेनै जिम्बाबेमाथि प्रतिबन्ध लगाउँदै उसको स्थानमा नाइजेरियालाई मौका दिएको छ ।

टेष्ट राष्ट्र जिम्बाबे टि ट्वान्टी १५ औं स्थानमा रहँदा नेपाल ११ औं स्थानमा छ । उपाधिको दाबेदार जिम्बाबे विश्वकप छनोट खेल्न नपाउनुको पिडामा छ । त्यसअर्थ पनि जिम्बाबे नेपालविरुद्ध प्रभावशाली जितको खोजीमा हुनेछ । केहि दिन अघि सम्पन्न अफगानिस्तान र बंगलादेशसँगको त्रिकोणात्मक सिरिजमा जिम्बाबे खराब प्रर्दशन गरेको थियो ।

टोली अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदा अन्य सबै खेलमा पराजित हुन पुगेको थियो । जिम्बाबेका लागि कप्तान सेन विलियम्स,क्रेग इरबिन,कायल जर्विस र तेन्दाइ चतराले आफ्नो उत्कृष्ट प्रर्दशनमा नेपालविरुद्ध जित सहज हुन सक्छ । नेपाली टोली जिम्बाबेसँग गत वर्ष एक दिवसिय विश्वकप छनोटमा नेपाल १ सय १६ रनले पराजित भएको थियो । जिम्बाबेका उत्कृष्ट अलराउन्डर सिकन्दर राजा भने अहिले टोलीमा छैनन् ।

यता नेपाली टोलीमा कप्तान पारस खड्का र विकेटकिपर विनोद भण्डारीलाई छाड्ने हो भने सबै युवा खेलाडी रहेका छन् । आजको खेलमा इशान पाण्डेको डेब्यूको संभावना छ । इशान ओपनरको रुपमा पारससँग उत्रन सक्छन् । इशानलाई बेन्चमा राखे पारसको जोडी पवन सरार्फ बन्ने छन् । उप कप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो र आरिफ शेख चौथो नम्बरमा ब्याटिङ गर्ने संभावना छ ।

आजको खेलमा आरिफ शेख र विश्वकीर्तिमानी युवा ब्याट्सम्यान सन्दीप जोराको पुनरागमनको संभावना बलियो छ । यी दुवै खेलाडी अघिल्लो महिना सिंगापुरमा विश्वकप छनोटमा टोलीमा थिएनन् । नेपाल आज तीन तीब्र गतिका बलरका साथ मैदान उत्रन सक्छ । नेपाललेसोमपाल कामी र करण केसीलाई अलराउन्डरको रुपमा प्रयाग गर्दै आएका छन् ।

डेथ ओभर स्पेसल अभिनाष बोहोराको स्थान पक्का देखिन्छ । दुई स्पिनरमा लेग स्पिनर सन्दीप लामिछानेको स्थान निश्चित जस्तै हुँदा ललित नारायण राजवंशी र सुसन भारी मध्य एकले मौका पाउने छन् । यी दुईमा को मैदान उत्रने भन्न कठिन छ । त्यस्तै रोहित कुमार पौडेललाई बेन्चमा राखेर युवा अलराउन्डर कुशल मल्ललाई डेब्यू गराउने संभावना छ । कुशल तल्लोक्रममा ठूला सट प्रहार गर्दै खेललाई परिवतर्न गराउन सक्ने क्षमता राख्छन् ।

नेपालले यस त्रिकोणात्मक सिरिजलाई दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रुपमा लिएको छ । नेपाल सिंगापुरबाट असोज १८ गते देखि ओमानमा सुरु हुने पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज खेल्न जाने छ ।

नेपाली टोली

१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.