default_image

6 years ago

September 27, 2019

नेपाललाई दबाबमा पार्न सक्ने जिम्बाबेका ३ खेलाडी

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, आयोजक सिंगापुर र जिम्बाबेबीच त्रिकोणात्मक सिरिज आज सुरु हुँदै छ । पहिलो खेलमा नेपाल र जिम्बाबेबीच प्रतिस्पर्धा हुदै छ । खेल साझ ५ः १५ बजे सुरु हुने छ । नेपालले जिम्बाबेसँग टि ट्वान्टी खेल्न लागेको यो पहिलो पटक हो । एक दिवसिय क्रिकेटमा भने यी दुई टोलीबीच प्रतिस्पर्धा भइसकेको छ ।

गत वर्ष जिम्बाबेमै भएको एक दिवसिय लिश्वकप छनोटमा नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको थियो । अघिल्लो महिना सिंगापुरमा नेपाल आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । जिम्बाबेलाई पनि आईसीसीले प्रतिबन्ध लगाएपछि त्यो ठाँउमा नाइजेरियालाई मौका दिएको छ ।

टेष्ट राष्ट्र जिम्बाबे टि ट्वान्टी वरियताको २० औं स्थानमा छ । नेपाल ११ औं स्थानमा छ । वरियतामा पछि रहेपनि मैदानमा नेपाल भन्दा जिम्बाबे बलियो मानिन्छ । टेष्ट राष्ट्र जिम्बाबे नेपाल माथि हाबी हुने अनुमान गरिएको छ । तर पछिल्लो समय नेपालकै जस्तै क्रिकेट बोर्डमा राजनीति हाबी भएसँगै जिम्बाबेको प्रर्दशन खस्किदो छ ।

बंगलादेश र अफगानिस्तानसँगको त्रिकोणात्मक सिरिजमा पनि जिम्बाबेले खराब प्रर्दशन गरेको थियो । क्रिकेटमा खेलाडीको प्रर्दशनले मात्र जित संभव नहुन पनि सक्छ । तर कहिले काही एउटै खेलाडीको प्रर्दशनले टोलीको हार वा जितमा निर्णायक भूमिका हुन सक्छ । टेष्ट अनुभवी जिम्बाबेका यी तीन खेलाडीको प्रर्दशन नेपाललाई घातक हुन सक्छ । नेपालले यी तिन खेलाडीलाई रोक्न सक्नुपर्छ ।

३.क्रेग इरविन (ब्याट्सम्यान)
३४ वर्षे बायाँ हाते ब्याट्सम्यान क्रेस इरविन जिम्बाबेका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । क्रेग ठूला सटका लागि परिचित छन् । उनले २२ टि ट्वान्टी खेलमा ४ सय ६१ रन जोडेका छन् । क्रेगको पछिल्लो समयको प्रदर्शन राम्रो छ । उनले आयरल्यान्डसँगको टि ट्वान्टी सिरिजमा दोस्रो खेलमा ५५ र तेस्रो खेलमा ६८ रनको अविजित इनिङ खेलेका थिए । क्रेगसँग १५ टेष्ट र ९३ एक दिवसिय खेलको अनुभव छ । क्रेग मध्यक्रममा नेपाली बलरलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् ।

तेन्दाई चतारा (बलर)
२८ वर्षे तीब्र गतिका बलर तेन्दाई चतारा जिम्बाबेका प्रमुख बलिङ हतियार हुन् । उनले आफ्नो उत्कृष्ट बलिङमा टोलीको सहज जित पक्का गर्न सक्ने क्षमता राख्छन् । जिम्बाबेबाट १८ टि ट्वान्टी आई खेलेका छन् । उनले केहि दिनअघि मात्र सम्पन्न बंगलादेश र अफगानिस्तानसँगको त्रिकोणात्मक सिरिजमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले टि ट्वान्टी आईमा २२ विकेट लिई सकेका छन् । उनले ९ टेष्टमा २४ र ७० एक दिवसियमा ९५ विकेट लिई सकेका छन् । चन्दाईको बलिङमा नेपाली नेपाली ब्याट्सम्यान होसियारीपूर्वक खेल्नु पर्ने हुन्छ ।

१.सिन विलियम्स (कप्तान)
त्रिकोणात्मक सिरिजमा जिम्बाबेको कप्तानी सिन विलियम्सले गर्ने छन् । ३३ वर्षे विलियम्स अनुवभी र भरपर्दा अलराउन्डर हुन् । उनले ३४ टि ट्वान्टीमा ४ अर्ध शतक सहित कुल ६ सय ९१ रन बनाएका छन् । त्यस्तै उनले २६ विकेट लिएका छन् । बायाँ हाते ब्याट्सम्यान विलियम्सले अफ स्पिन बलिङ गर्ने गर्दछन् । विलियम्सको अलराउन्डर प्रर्दशनमा जिम्बाबेले सहज जित हात पार्न सक्छ । विलियम्स दबाबमा पनि रन जोड्न माहिर छन् । जसको अलराउन्डर प्रर्दशन नेपाललाई घातक बन्न सक्छन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.