default_image

6 years ago

September 27, 2019

क्यानको विशेष साधरण सुरू,निर्वाचन भोली

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय विशेष साधरण सभा काठमाडौंमा सुरु भएको छ । साधरण सभामामा प्रमुख अथिति खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा रहेका छन् । विशेष अथितिमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल रहेका छन् ।

सभामा स्वतन्त्र समितीका सदस्य मोहम्मद अली,ठाकुर प्रताप थापा,लेख बहादुर क्षेत्री र नितिशा कोठारीले संयुक्त रुपमा अध्यक्षता गरेका छन् । स्वतन्त्र समितीका अधिवक्ता राजेश्वर श्रेष्ठ रहेका छन् । स्वतन्त्र समितीका सदस्य लेख बहादुर क्षेत्रीले स्वागत मन्तब्य राख्दै साधरण सभा सुरु भएको छ । क्यानको निर्वाचन शनिवार हुने छ ।

आईसीसीले आफ्नो विशेष पहलमा नेपाली क्रिकेटको विवाद समाधानको लागि पाँच सदस्य स्वतन्त्र समिती गठन गरेको थियो । उक्त स्वतन्त्र समितीले जिल्ला र प्रदेशको सफल निर्वाचन सकेपछि शुक्रबार र शनिबार राजधानीमा क्यानको निर्वाचन हुँदैछ ।

आइसिसीको निलम्बनमा रहेको क्यानको विधानसम्मत निर्वाचनसँगै निलम्बन फुकुवाका हुने आँकलन गरिएको छ । त्यसैले यस चुनावलाई विशेष महत्वका साथ हेरिएको छ । यस पटक चुनावी मैदानमा पुर्व अध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द लड्ने छन् ।

शनिबार हुने निर्वाचनबाट अध्यक्ष,उपाध्यक्ष,सचिव र कोषाध्यक्ष,१३ जना सदस्य सहित कुल १७ जना निर्वाचित हुने छन् । ३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार हुने छ । अध्यक्षमा निर्वाचित हुन ३० मतको आवश्यकता पर्छ।

क्यानमा सरकारी हस्तक्षेप सहित विभिन्न कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ देखि निलम्बन गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.