default_image

6 years ago

September 27, 2019

जिम्बावेविरुद्ध नेपाल पहिलो ब्याटिङमा (प्रत्यक्ष प्रसारण)

171 views

0 Bookmark

एजेन्सी – सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको छ ।

सिंगापुर क्रिकेट बोर्डले अक्टोबर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । अघिल्लो महिना सिंगापुरमै आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन नेपाल बाहिरिएको थियो । अर्को तर्फ आईसीसीलेनै जिम्बाबेमाथि प्रतिबन्ध लगाउँदै उसको स्थानमा नाइजेरियालाई मौका दिएको छ ।

टेष्ट राष्ट्र जिम्बाबे टि ट्वान्टी १५ औं स्थानमा रहँदा नेपाल ११ औं स्थानमा छ । उपाधिको दाबेदार जिम्बाबे विश्वकप छनोट खेल्न नपाउनुको पिडामा छ । त्यसअर्थ पनि जिम्बाबे नेपालविरुद्ध प्रभावशाली जितको खोजीमा हुनेछ । केहि दिन अघि सम्पन्न अफगानिस्तान र बंगलादेशसँगको त्रिकोणात्मक सिरिजमा जिम्बाबे खराब प्रर्दशन गरेको थियो । टोली अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले हराउँदा अन्य सबै खेलमा पराजित हुन पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.