6 years ago
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा जिम्बावेविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा ७४ रन जोड्दै ४ गुमाएको छ ।

नेपालका लागि उप कप्तान दीपेन्द्र सिंह ऐरी २३ बलमा ५ चौका सहित ३२ रनमा खेली रहेका छन् । दीपेन्द्रलाई सन्दीप जोराले ८ रनमा साथ दिएका छन् । १३ ओभरको तेस्रो बलमा फिल्डरले क्याच छोड्दा दीपेन्द्रले जीवन दान पाएका छन् । नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर इशान पाण्डेलाई ४ रनमा गुमायो । तेन्दाई चतराको बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि इशानले ८ बलमा १ चौका प्रहार गरे ।
सातौं ओभरको चौथो बलमा आरिफ शेख ११ बलमा १ चौका सहित ८ रनमा क्याच आउट हुन पुगे । आठौं ओभरको तेस्रो बलमा रयान बुर्लको बलमा कप्तान पारस खड्का गलत सट खेल्दै १८ रनमा क्याच आउट भए । पारसले २२ बलमा ३ चौका प्रहार गरे । त्यस्तै डेब्यू खेल खेलेका युवा अलराउन्डर कुशल मल्लले पनि राम्रो प्रर्दशन गर्न सकेनन् ।
कप्तान पारस खड्का आउट भएसँगै मैदानमा उत्रेका मल्ल कप्तान सीन विलियम्सको ११ औं ओभरको पहिलो बलमा ठूलो सटको धुनमा ६ बल खेली २ रनमा क्याच भएका छन् । कुशल नेपालबाट टि२० आईमा डेब्यू गर्ने २७ औं खेलाडी भएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]