default_image

6 years ago

September 27, 2019

जिम्बावेलाई नेपालको मध्यम लक्ष्य

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बावेलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रनको योगदान दिए । कप्तान सन विलियम्सको १७ ओभरको तेस्रो बलमा तेन्दाइ चतराबाट क्याच आउट हुनुअघि दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रमका सोमपाल कामीले १४ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । सोमपालले अन्तिम ओभरमा तेन्दाई चतरालाई सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरेका थिए । विकेटकीपर विनोद भण्डारी १२ बलमा १ चौका सहित ११ रनमा अविजित रहे ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर इशान पाण्डेलाई ४ रनमा गुमाएको थियो । तेन्दाई चतराको बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि इशानले ८ बलमा १ चौका प्रहार गरे । सातौ ओभरको चौथो बलमा आरिफ शेख ११ बलमा १ चौका सहित ८ रनमा क्याच आउट हुन पुगे । आठौं ओभरको तेस्रो बलमा रयान बुर्लको बलमा कप्तान पारस खड्का गलत सट खेल्दै १८ रनमा क्याच आउट भए । पारसले २२ बलमा ३ चौका प्रहार गरे ।

त्यस्तै डेब्यू खेल खेलेका युवा अलराउन्डर कुशल मल्लले पनि राम्रो प्रर्दशन गर्न सकेनन् । कप्तान पारस खड्का आउट भएसँगै मैदानमा उत्रेका मल्ल कप्तान सन विलियम्सको ११ औं ओभरको पहिलो बलमा ठूलो सटको धुनमा ६ बल खेली २ रनमा क्याच भएका छन् । कुशल नेपालबाट टि२० आईमा डेब्यू गर्ने २७ औं खेलाडीमा पर्दछन् ।

नेभिल मड्जिवको १६ औं ओभरको दोस्रो बलमा ठूलोे सटको धुनमा सन्दीप जोरा १७ रनमा क्याच आउट भए । जोराले १५ बलमा २ चौका प्रहार गरे । जिम्बावेका लागि कप्तान सन विलियम्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । वेलिंगटन मसाकाड्जा,नेभिल मड्जिव,तेन्दाइ चतरा र रयान बुर्लको नाममा समान १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.