default_image

6 years ago

September 26, 2019

भारतको राजु क्रिकेट क्लबलाई क्रिकेट सेभेन्सको उपाधि

116 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एसियन क्रिकेट सिक्सेस टुर अन्तर्गत पोखरामा भएको नेपाल इन्टरनेसनल क्रिकेट सेभेन्स २०१९ को उपाधि हैदरावादको राजु क्रिकेट क्लबले जितेको छ

आइतबार पोखरामा भएको फाइनलमा राजु क्रिकेट क्लबले हैदरावादकै राजु एकेडेमीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो । फाइनलमा राजु क्रिकेट क्लबका तरण म्यान अफ द म्याच भए । प्रतियोगीताको बाउलतर्फ उपाधि टिपटप देविबासले बंगलादेशको क्याभालिएर्सलाई हराउँदै आफ्नो पोल्टामा पार्यो । टिपटपको ४ विकेटको जितमा आशुतोष म्यान अफ द म्याच भए ।

बंगलादेशकै क्याभालिएर्स नोम्याड्सले थाइल्यान्डको सीबिबी क्रिकेट क्लबलाई हराउँदै प्लेट उपाधि जित्यो । थाइल्यान्डको सीबिबी एसकेले इंग्ल्यान्डको ब्लिथ्सवुडलाई हराउँदै शिल्ड उपाधि हात पार्यो । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान राजु क्रिकेट क्लबका प्रतिक पोवार तथा बलर एकेडेमीका विनय गौड भए । सर्वोत्कृष्ट खेलाडी एकेडेमीका प्रविन कुमारेडी घोषित भए ।

प्रतियोगिताको आयोजना एसियन क्रिकेट सिक्सेस टुर र देविबास इभेन्ट्स एन्ड मिडिया प्रालिको आयोजनामा भएको हो । तीनदिने प्रतियोगितामा ५ राष्ट्रका ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डको साथ रहेको थियो भने होटल बाराही हस्पिटालिटी पार्टनरका रुपमा रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.