default_image

6 years ago

September 27, 2019

सन्दीपको घातक बलिङसँगै जिम्बावेविरुद्ध उत्कृष्ट सुरुवात

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि जिम्बावेमाथि नेपालले उत्कृष्ट सुरुवात गरेको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले सुरुवाती ६ ओभरमा ३९ रन जोड्दा ४ विकेट गुमाउँदै खराब सुरुवात गरेको छ ।

लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रेजिस चकवालाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराए । सन्दीपले तेस्रो ओभरको पहिलो बलमा तिनोटेन्डा मुतोम्बोडजीलाई इशान पाण्डेबाट शून्यमै क्याच गराउँदै पेभिलिएन फर्काए । त्यसको चार बल पछि सन्दीपले आफैं क्याच लिदै कप्तान सन विलियम्सलाई पनि शून्यमा पेभिलिएन फर्काए ।

त्यस्तै पाँचौ ओभरको पहिलो बलमा ब्रायन चारीलाई दीपेन्द्रले डाइरेक्ट रन आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि नेपाल हाबी भएको हो । सन्दीपले ३ ओभरमा १३ रन खर्चेर विकेट लिई सकेका छन् । नेपालले यसअघि पहिलो ब्याटिङ गर्दै २० ओभर ६ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.