default_image

6 years ago

September 27, 2019

सन्दीपको घातक बलिङका बाबजुद नेपाल पराजित

173 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

जिम्बावेको जितमा रिचमन्ड मुतुम्बामी २८ बलमा ४ छक्का र १ चौका सहित ४० रनमा अविजित रहे । त्यस्तै रेयान बर्लले ३६ बलमा २ छक्का र ३ चौका सहित ४१ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । एक समय १० ओभरमा ६४-५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई छैटौं विकेटका लागि बर्ल र मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गर्दै जित पक्का गरे ।

लेग स्पिनर सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रेजिस चकवालाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराए । सन्दीपले तेस्रो ओभरको पहिलो बलमा तिनोटेन्डा मुतोम्बोडजीलाई इशान पाण्डेबाट शून्यमै क्याच गराए । चार बल पछि सन्दीपले आफैं क्याच लिदै कप्तान सन विलियम्सलाई पनि शून्यमा आउट गरे ।

पाँचौ ओभरको पहिलो बलमा ब्रायन चारीलाई दीपेन्द्रले उत्कृष्ट डाइरेक्ट रन आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि जितको संभावना देखिएको थियो। त्यस्तै कप्तान पारस खड्काले १० औं ओभरको अन्तिम बलमा टिमिकेन मारुमालाई १२ रनमा बोल्ड आउट गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान पारस खड्काले २ ओभरमा १० रन खर्चेर १ विकेट लिए । पहिलो डेब्यू खेल खेलेका कुशल मल्लले ३ ओभरमा २८ रन खर्चिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन जोडे । कप्तान सन विलियम्सको १७ ओभरको तेस्रो बलमा तेन्दाइ चतराबाट क्याच आउट हुनुअघि दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे । तल्लोक्रमका सोमपाल कामीले १४ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । विकेटकिपर
विनोद भण्डारी ११ रनमा नट आउट रहे ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर इशान पाण्डे ४ रनमा आउट भएका थिए । तेन्दाई चतराको बलमा लामो सट खेल्ने धुनमा क्याच आउट हुनुअघि इशानले ८ बलमा १ चौका प्रहार गरे । सातौ ओभरको चौथो बलमा आरिफ शेख ११ बलमा १ चौका सहित ८ रनमा क्याच आउट हुन पुगे । आठौं ओभरको तेस्रो बलमा रयान बुर्लको बलमा कप्तान पारस  गलत सट खेल्दै १८ रनमा क्याच आउट भए । पारसले २२ बलमा ३ चौका प्रहार गरे ।

त्यस्तै डेब्यू खेल खेलेका युवा अलराउन्डर कुशल मल्ल २ रनमा आउट भए । नेभिल मड्जिवको १६ औं ओभरको दोस्रो बलमा ठूलो सटको धुनमा सन्दीप जोरा १७ रनमा क्याच आउट भए । जिम्बावेका लागि कप्तान सन विलियम्सले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । वेलिंगटन मसाकाड्जा,नेभिल मड्जिव,तेन्दाइ चतरा र रयान बर्लको १-१ विकेट रह्यो । नेपालले शनिवार सिंगापुरसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.