6 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को १७ सदस्यीय कार्यसमितीको लागि २९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् ।

क्यानको अध्यक्षका लागि विनय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठले उपाध्यक्षमा उम्मेदवार दिएका छन् । सचिव पदमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टाराईको उम्मेदवारी परेको छ ।
एकमात्र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन् । प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् । कर्णालीबाट पदम बहादुर खड्का, ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषि राम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निविरोध भएका छन् । त्यस्तै प्रदेश १ बाट कैलाश विष्ट र लाक्पा लामाबीच प्रतिस्पर्धा हुने छ । प्रदेश ३ मा अमित वीर पाण्डे र कैलाश प्रधान लड्ने छन् ।
सदस्यहरुमा उम्मेदवारी :
१.कैलाश विष्ट( प्रदेश १), २.लाक्पा लामा ( प्रदेश १), ३.दाउद अन्सारी मोहम्मद(प्रदेश २ निर्विरोध), ४.अमित विर पाण्डे-प्रदेश ३), ५.कैलाश प्रधान( प्रदेश ३), ६.ऋषि राम गौतम( प्रदेश ४- निर्विरोध) ७.प्रसान्त बिक्रम मल्ल( प्रदेश ५ निर्विरोध), ८.पदम बहादुर खड्का (कर्णाली प्रदेश निर्विरोध), ९.ब्रिकम बिष्ट(सुदरुरपश्चिम निर्विरोध)
खुल्लातर्फ : १०.अर्जुन पौडेल, ११.विरेन्द्र बहादुर चन्द, १२.धिरेन्द्र साउद, १३.दुर्गा राज पाठक, १४.जगत बहादुर टमटा, १५.करण महोत्रा क्षेत्री, १६.माधव कुमार कर्मचार्य, १७.नरेश राना, १८.पवन कुमार अग्रवाल, १९.प्रफुल्ल वैध, २०.सञ्जय राज सिंह
२१. जयन्ती भट्ट (महिला सदस्य निर्विरोध)
निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा १३ जना सदस्यसहित कुल १७ जना निर्वाचित हुने छन् । ३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार हुने छ ।


December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]