default_image

6 years ago

September 28, 2019

सिंगापुरसँग बदला लिने सोचमा नेपाल

130 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेलमा घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साझ ५ः१५ बाट सुरु हुनेछ ।

अघिल्लो महिना सिंगापुरसँग नेपाल आईसीसी टि२० विश्वकप एसिया छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल उक्त हारको बलदा लिने सोचमा छ । पहिलो खेलमा जिम्बावेसँग गरेको प्रर्दशनले नेपालको मनवोल उच्च छ । नेपालले जिम्बावेलाई कडा चुनौती दिएको थियो । तर ५ विकेटले पराजित भएको थियो ।

नेपाली टोलीमा आज परिवर्तन गर्ने सम्भावना न्युन छ । जिम्बाबेसँग उप कप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । आजको खेलमा कप्तान पारस खड्काबाट ठूलो इनिङको आसा गरिएको छ । बलिङ सन्दीप लामिछानेले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । उनले साथ पाएका थिएनन् । प्रमुख तीन तीब्र गतिका बलर सोमपाल,करण केसी र अभिनाश बोहोरा भने विकेट विहीन बनेका थिए ।

यता सिंगापुर एक महिना अघि आईसीसी टि२० विश्वकप एसिया छनोटको नतिजा निकाल्न चाहान्छ । आईसीसी वोल्डकप च्लालेन्ज लिग ए मा उत्कृष्ट प्रर्दशन गर्दै दोस्रो स्थानमा सकाएको छ । टिम डेविडको आगमनले सिंगापुर बलियो बनेको छ। टिम डेविड अष्ट्रेलियाको सिनियर टोलीमा नपरेपछि सिंगापुरबाट खेल्ने निर्णय लिएका हुन् ।

विश्वकप छनोटमा नेपाललाई निराश बनाउन डेविडले ७७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनी राम्रो लयमा छन् । डेभिड दुई दिन अघि सम्पन्न आईसीसी वोल्डकप च्यालेन्ज लिग ए मा ५ खेलमा ४ अर्ध शतक सहित ३ सय ६९ बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उत्कृष्ट लयमा रहेका उनलाई रोक्न निकै कठिन पर्ने अनुमान गरिएको छ । नेपालविरुद्ध ४ विकेट लिएका विजय कुमार घातक बन्न सक्छन् । त्यस्तै विकेटकीपर मनप्रित सिंह,अनन्थ कृष्ण,सुरेन्द्रन चन्द्रमोहन जनक प्रकाश,टिम डेभिड उसका प्रमुख हतियार हुन् ।

 

सिंगापुर क्रिकेट बोर्डले आगमी अक्टोर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने आईसीसी टि२० ग्लोबल विश्वकप छनोट अघि तयारी स्वरुप नेपाल र जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेलेको हो । एक महिना अघि घरेलु मैदानमा सिंगापुर आईसीसी टि२० एसिया विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको थियो । यसै प्रतियोगितामा नेपाल सिंगापुर र कतारसँग पराजित हुँदै तेस्रो स्थानमा रहेपछि विश्वकप यात्राबाट बाहिरिएको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.