default_image

6 years ago

September 28, 2019

क्यान निर्वाचन : चतुरबहादुर प्यानल नै विजयी

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा चतुबहादुर चन्द नेतृत्वको प्यानल नै विजयी भएको छ । शनिबार राजधानीमा भएको १७ सदस्यीय कार्यसमिति निर्वाचनमा चन्दको प्यानलले फराकिलो जित पक्का गरेको हो । औपचारिक अन्तिम मतगणना हुन बाँकी रहेपनि आवश्यक मतान्तर पाएपछि प्यानलको जित पक्का बनेको हो ।

अध्यक्षका लागि चन्दले पूर्व अध्यक्ष विनयराज पाण्डेलाई ४४-१५ को भारी मतान्तरले पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा चन्द समूहकै राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भए । सचिव पदमा अशोकनाथ प्याकुरेलले विनोदकुमार मैनालीलाई पराजित गरे । कोषाध्यक्षमा रोशन कुमार सिंहले उपेन्द्र भट्टाराईलाई हराए । यसअघि एकमात्र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन् ।

प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् । कर्णालीबाट पदम बहादुर खड्का, ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषि राम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निविरोध भएका छन् ।

त्यस्तै प्रदेश १ बाट कैलाश विष्ट र प्रदेश ३ मा अमित वीर पाण्डे विजयी भए । सदस्यमा खुल्लातर्फ दुर्गाराज पाठक, विरेन्द्र चन्द, सञ्जय सिंह, करण मलहोत्रा र माधव कर्मचार्य निर्वाचित भए ।

निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा १३ जना सदस्यसहित कुल १७ जना निर्वाचित भएका  हुन् । ३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.