6 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द विजयी भएका छन् । चन्दले अर्का अध्यक्षका प्रत्यार्सी विनयराज पाण्डेलाई २९ भोटले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । विजयी भएका चन्दले ४४ भोट प्राप्त गरे । पाण्डेको नाममा १५ भोट रह्यो ।

मिङ्मा डन्डु शेर्पालाई २४ भोटले पराजित गर्दै राजबाबु श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । शेर्पाले १७ भोट ल्याउँदा श्रेष्ठले ४१ मत पाउँदै विजयी भएका हुन् । सचिव पदमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् । उनले सचिव पदका प्रत्यासी विनोद कुमार मैनालीलाई भोटले २८ पराजित गरेका हुन् । प्याकुरेलले ४३ र मैनालीले १५ भोट प्राप्त गरे ।
कोषाध्यक्षमा रोशन कुमार सिंह निर्वाचित भएका छन् । उनले उपेन्द्र भट्टाराईलाई ३३ भोटले पराजित गरे । सिंहले ४५ र भट्टराईले १२ भोट पाए ।
एकमात्र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी थिन् । प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् । कर्णालीबाट पदम बहादुर खड्का, ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषि राम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निर्विरोध निर्वाचित छन् ।
त्यस्तै प्रदेश १ बाट कैलाश विष्टले १६भोटले लाक्पा लामालाई पराजित गर्दै निर्वारित भए । प्रदेश ३ मा अमित वीर पाण्डे ३९ भोट ल्याउदै विजयी भए । उनका प्रत्यासी कैलाश प्रधानले १९ भोट प्राप्त गरे ।
त्यस्तै खुल्लाबाट विरेन्द्र बहादुर चन्द (३६) दुर्गा राज पाठक(४२),माधव कुमार कर्मचार्य(३५) करण महोत्रा क्षेत्री(३०) सञ्जय राज सिंह(३४) भोट ल्याएर जितेका छन् । ३९ जिल्ला र २० प्रदेश प्रतिनिधि गरि कुल ५९ जनासँग मताधिकार रहेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]