5 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो खेलमा घरेलु टोली सिंगापुरविरुद्ध पहिला बलिङ गर्ने भएको छ । सिंगापुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
अघिल्लो महिना सिंगापुरसँग नेपाल आईसीसी टि२० विश्वकप एसिया छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल उक्त हारको बदला लिने सोचमा छ । पहिलो खेलमा जिम्बावेसँग गरेको प्रर्दशनले नेपालको मनवोल उच्च छ । नेपालले जिम्बावेलाई कडा चुनौती दिएको थियो । तर ५ विकेटले पराजित भएको थियो ।
सिंगापुर क्रिकेट बोर्डले आगामी अक्टोबर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने आईसीसी टि२० ग्लोबल विश्वकप छनोट अघि तयारी स्वरुप नेपाल र जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेलेको हो ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]