6 years ago
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर बलिङको निम्तो पाएको नेपालले मध्यम सुरुवात गरेको छ । सिंगापुरले १० ओभरमा ७४ रन जोड्दा २ विकेट गुमाएको छ । सिंगापुरका मनप्रित सिंह ३ र टिम डेविड १८ बलमा समान २ चौका र छक्का २७ सहित रनमा खेली रहेका छन् ।
नेपाललाई पहिलो सफलता चौथो ओभरको पहिलो बलमा करण केसीले दिलाए । करणले ओपनर रोहन रंगराजनलाई विकेटकीपर विनोद भण्डारीबाट ६ रनमा क्याच आउट गराए । टि२० आईमा डेब्यू गरेका सुसन भारीले महत्वपूर्ण विकेट लिएका छन् ।
डेब्यू विकेटका रुपमा भारीले ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई ३५ रनमा बोल्ड आउट गरे । नवौं ओभरको पहिलो बलमा बोल्ड आउट गर्नु अघि चन्द्रमोहनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]