default_image

5 years ago

November 6, 2019

नेपालले एमसीसीविरुद्ध प्रथम श्रेणी तीनदिवसीय खेल्दै

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रथम श्रेणी खेल्दै छ । खेल विहान ९ :३० पछि टियु क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले १४ वर्षपछि प्रथम श्रेणीमा पुनरागमन गर्ने छ । सन् २००५ मा मार्चमा यूएईसँग कीर्तिपुरमा खेले त्यसयता नेपालले प्रथम श्रेणीको खेलेको छैन । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली मैदान उत्रने छ । यो औपचारिक रुपमा मल्लको पहिलो अन्तर्राष्ट्रिय कप्तानी खेल हुने छ । प्रथम श्रेणीको लागि घोषणा टोलीमा सोमपाल कामी र शरद भेषावकर बाहेक अन्य खेलाडीले प्रथम श्रेणी खेलेका छैनन् । स्वंयम कप्तान ज्ञानेन्द्र मल्ललेनै प्रथम श्रेणीमा डेब्यू गर्दै छन् ।

प्रथम श्रेणीमा नेपाललाई सहज हुने छैन । ह्वाइट बलमा टि ट्वान्टी र वान डे हुर्किएका नेपाली खेलाडी रेड बल र ह्वाइट ड्रेसमा एक्कासी प्रथम श्रेणीमा खेल्न कठिन हुने अनुमान गरिएको छ ।

यता एमसीसीका सबै धेरै खेलाडी इंग्ल्यान्डबाट नियमीत प्रथम श्रेणी खेल्दै आएका छन् । यू१९ सँग डक र सिनियर टोलीसँग १० रनमा आउट भएका कप्तान जिमी एडम्स नेपाललाई टाउको दुखाईको ब्याट्सम्यान बन्न सक्छन् । उनले ह्याम्पसायरबाट ४ सय ९ प्रथम श्रेणीको इनिङमा २५ शतक र ७३ अर्ध शतक सहित कुल १४ हजार १ सय ३५ रन जोडेका छन् ।

इंग्ल्यान्डको सिनियर टोलीबाट दुईवर्ष अघि टेष्ट खेली सकेका युवा खेलाडी टम वेस्ट्लीसँग पनि प्रथम श्रेणीको राम्रो अनुभव छ । पाकिस्तानका यासिर अराफातमा पनि प्रथम श्रेणीको राम्रो अनुभव छ । यासिरले २ सय ६ प्रथम श्रेणी खेल खेलेका छन् । जसबाट ७ सय ८७ विकेट लिएका छन् । सुरुवाती दुई खेलमा चम्किँएका ओपनर बिली गोडलमान,विल रोड्स,विल भानडरसपार, माइल्स ह्यामन्ड उसका बलिया हतियार हुन् । प्रथम श्रेणीबाट निखारीएका एमसीसीका खेलाडी नेपालमाथि हाबी हुन सक्छन् ।

यता नेपालको ओपनिङको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल र राजु रिजाल मैदान उत्रने संभावना छ । राजुले प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा आर्मीबाट खेल्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

तेस्रो नम्बरमा पुर्व कप्तान पारस खड्का खेल्न सक्छन् । उनि प्रथम श्रेणीमा नभएपनि टिम ब्यवस्थापनले टोली सन्तुलन र बलियो बनाउन मैदान उतार्न सक्छ । यस अघि एक दिवसियमा टोलीमा नरहेपनि पवन सरार्फ र अभिनास बोहोरा खेलेका थिए ।

म्ध्यक्रममा आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र शरद भेषवकरको स्थान टोलीमा निश्चित जस्तै छ । विनोद भण्डारी र रोहित कुमार पौडेल मध्य एकको टोलीमा स्थान देखिन्छ । विकेटकीपरमा राजु रहेकोले विनोदले विश्राम पाउन सक्छन् । विनोद भन्दा रोहितले मौका पाउने संभावना छ । रोहित एक दिवसिय खेलमा बेन्चमा बसेका थिए ।

एक दिवसिय खेलमा चार चार विकेट लिएका पवन सरार्फ र ललित नारायण राजवंशीको जोडी स्थानको पनि बलियो देखिन्छ । स्टार लेग स्पिनर सन्दीप लामिछाने पनि प्रथम श्रेणी खेल्ने संभावना छ । सन्दीप खेलेको खण्डमा बसन्त रेग्मीको स्थान कमजोर बन्ने छ । सोमपाल कामी, करण केसी र जितेन्द्र मुखिया मध्य दुई तीब्र गतिका बलरले मौका पाउने छन् । जसमा सोमपाल र जितेन्द्रको बलियो संभावना देखिन्छ ।

प्रथम श्रेणीको लागि नेपाली टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, वसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललित नारायण राजवंशी, पवन सरार्फ, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भषवकर र सोमपाल कामी ।

एमसीसीको टोली :

जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एड योङ, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन(डाल्बी, एलेक्स स्पेन्सर, एलेक्स थोमस ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.