default_image

5 years ago

November 7, 2019

सन्दीपको विष्फोटक ब्याटिङमा नेपाल मध्यम योगफलमा अलआउट

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय क्रिकेट टोली क्रिकेट टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी सँग पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछि परेको छ ।

 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान दिए । सन्दीप ४ छक्का र २ चौका सहित ३९ रनमा अविजित रहे । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।

खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए । भण्डारीले ५ चौका सहित ३६ रन जोडे ।

सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएन फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे ।

नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल पनि ८ रनमा आउट हुन पुगे । दीपेन्द्र सिंह ऐरी १६ औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१ –४ को कमजोर अवस्थामा पुगेको थियो ।

आरिफ शेख २० औं ओभरमा १० रनमा क्याच आउट भए । आरिफले ५२ बलमा १ चौका प्रहार गरे । पवन सरार्फ र करण केसी समान २ रनमा क्याच आउट भए । पहिलो इनिङमा ३ सय ६४ रन बनाएको एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि उत्रेको छ ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.