default_image

5 years ago

November 7, 2019

‘दीपेन्द्र एक्लै खेल जिताउन सक्छन्’ – कप्तान ज्ञानेन्द्र

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली कप्तान ज्ञानेन्द्र मल्लले उप कप्तान दीपेन्द्र सिंह ऐरी एक्लै खेल जिताउन सक्ने क्षमता भएको खेलाडी रहेको बताएका छन् । पछिल्लो समय कमजोर प्रर्दशन गरेका दीपेन्द्र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) दोस्रो दिन पहिलो इनिङमा १ रनमा आउट भए ।

दोस्रो दिनको खेल सकिएपछि दीपेन्द्रको प्रर्दशनलाई लिएर गरिएको प्रश्नमा कप्तान ज्ञानेन्द्रको जवाफ थियो, ‘दीपेन्द्र खुल्ला ब्याट्सम्यान हुन् । थ्रि डे को कारण बल रोक्ने की सट खेल्ने भन्नेमा अन्यौलमा छ । एडजस्ट गर्न गाह्रो मात्र भएको हो । मलाई लाग्छ जव दीपेन्द्र खेल्छ भने एक्लै  (सिंगल ह्यान्डेड) खेल जिताउन सक्छन्।’

ज्ञानेन्द्र त्यमिा रोकिएनन् ,’थ्री डे को हामीसँग बानी छैन । टि ट्वान्टी र वान डेको रुपमा खेलि रहेका थियौं,त्यसैको कारण खेल्न गाह्रो भएको हो । एमसीसीका अनुभव बलरले लाइनमा राखि राखे । जसको कारण अझ धेरै लामो बाटो छ भन्ने देखाएको छ । ब्याट्सम्यानलाई डे क्रिकेट किन महत्व छ भन्ने यसले राम्रो सन्देश दिल्छ । आजको दिन त्यति राम्रो हुन सकेन । अझ राम्रो हुन्थ्यो होला । बोर्डमा रन जोड्न सक्थ्यौ । पिच एक दम राम्रो छ । ब्याट्सम्यानलाई सजिलो छ । तेस्रो दिन हामीलाई गाह्रो हुने छ । लन्च सेसन एकदम राम्रो गर्ने प्रयास गर्ने छौं ।’

दोस्रो दिनको खेल सकिदा एमसीसीले ३ सय २ रनको विशाल अग्रता लिएको छ । एमसीसी पहिलो इनिङमा १ सय २ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको थियो । नेपाल भने पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा समेटियो । बिहीबारनै दोस्रो इनिङ थालेको एमसीसी २१ ओभरमा ९१–२ को अवस्थामा रहेको छ ।

 

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.