6 years ago
December 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उप कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गरेसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका यू२३ लाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । नेपालका उप कप्तान दीपेन्द्र सिंह ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । १८ औं ओभरको चौथो बलमा आसिता फ्रर्नान्डोलाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए ।
पवन सरार्फ १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको साझेदारी गर्दै नेपालाई बलियो योगफलमा पुर्याएका थिए । करण केसी १ रनमा नट आउट रहे । पुर्व कप्तान तथा ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरकोे दोस्रो बलमा विकेटकीपर निशान मदुशंकाबाट १ रनमा क्याच आउट गराए ।
दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्न खोजेका थिए । राम्रो सुरुवात दिएका आरिफ छैटौं ओभरको पहिलो बलमा १९ रनमा क्याच आउट भए । कामिन्दु मेन्डिसको पहिलो बलमै ठूलो सटको धुनमा लङ अफमा आसेन बन्दराबाट क्याच आउट हुनुअघि आरिफले १५ बलमा २ छक्का प्रहार गरे । दुविन्दु तिलकरत्नेले आठौं ओभरको तेस्रो बलमा मल्ललाई २१ रनमा बोल्ड आउट गरे । ज्ञानेन्द्रले २० बलमा ३ चौका प्रहार गरे ।
चौथो विकेटका लागि विनोद भण्डारी र दीपेन्द्रले ५६ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पाँचौ बलमा कामिन्दुले विनोदलाई २१ रनमा बोल्ड आउट भए । विनोदले २३ बलमा १ चौका प्रहार गरे ।
श्रीलंका लागि स्पिनर कामिन्दु मेन्डिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]