default_image

6 years ago

December 3, 2019

साग पुरुष क्रिकेटः नेपालमाथि श्रीलंकाको जित

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल यात्रा अव अन्य टोलीको नतिजा र रन रेटमा पनि निर्भर रहनुपर्ने हुन्छ ।

१ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । श्रीलंकाकोे जितम शाम्मु आशान ४४ बलमा ४ चौका र ५ छक्का सहित ७२ रनमा अविजित रहँदै जित पक्का गरे ।

ओपनर निशान मदुशकाले ४२ बलमा ५ चौका र १ छक्का सहित ४६ रनको योगदान दिए । निशानलाई पवन सरार्फले १७ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए । चौथो विकेटका लागि शाम्मु र निशानले ९१ रनको साझेदारी गरेपछि नेपालको जित टाढिएको थियो ।

तेस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले पाथुम निसान्कालाई ३० रनमा क्याच आउट गराए । उनले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पाँचौ ओभरको पहिलो बलमा पवन सरार्फले कामिन्दु मेन्डिसलाई १ रनमा स्टम्पिङ आउट गराए । छैटौं ओभरको तेस्रो बलमा सुसन भारीले चारिथा आसालांकालाई ६ रनमा करण केसीबाट क्याच गराउँदै जितको आशा देखाएका थिए ।

तर त्यसपछि विकेट लिन नसक्दा नेपाल पराजित भएको हो । नेपालको फिल्डिङमा थुप्रै गल्ती गरेको थियो । पवन सरार्फले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सुसन भारी र सोमपाल कामीको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । नेपालका उप कप्तान दीपेन्द्र सिंह ऐरी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् ।

पवन सरार्फ १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको साझेदारी गर्दै नेपालाई बलियो योगफलमा पुर्याएका थिए । करण केसी १ रनमा नट आउट रहे । पुर्व कप्तान तथा ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरको दोस्रो बलमा विकेटकीपर निशान मदुशंकाबाट १ रनमा क्याच आउट गराए ।

दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्न खोजेका थिए । राम्रो सुरुवात दिएका आरिफ छैटौं ओभरको पहिलो बलमा १९ रनमा क्याच आउट भए । कामिन्दु मेन्डिसको पहिलो बलमै ठूलो सटको धुनमा लङ अफमा आसेन बन्दराबाट क्याच आउट हुनुअघि आरिफले १५ बलमा २ छक्का प्रहार गरे । दुविन्दु तिलकरत्नेले आठौं ओभरको तेस्रो बलमा मल्ललाई २१ रनमा बोल्ड आउट गरे । ज्ञानेन्द्रले २० बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि विनोद भण्डारी र दीपेन्द्रले ५६ रनको साझेदारी गरेका थिए । १५ औं ओभरको पाँचौ बलमा कामिन्दुले विनोदलाई २१ रनमा बोल्ड आउट भए । विनोदले २३ बलमा १ चौका प्रहार गरे ।

श्रीलंका लागि स्पिनर कामिन्दु मेन्डिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले १-१ विकेट लिए । नेपालले दोस्रो खेलमा विहीवार भुटानसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.