6 years ago
December 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट टोली बंगलादेशसँग खेल्दै छ । खेल विहान ९ बजेदेखी पोखरा रंगशालमा सुरु हुने छ ।

नेपाल आजको खेलमा विजयी भए शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने संभावना बलियो बन्ने छ । नेपालले पहिलो खेलमा कमजोर माल्दिभ्सलाई ५ बलमै १७ रनको लक्ष्य भेट्याउँदै १० विकेटले हराएको थियो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको छ ।
टेष्ट टोली बंगलादेशको कप्तानी सलमान खातुनले गर्ने छिन् । बंगलादेश नेपालले हराउँदै फाइनल बलियो बनाउन चाहान्छ । नेपालको ओपनिङ विकेटकीपर काजल श्रेष्ठ र उप कप्तान सिता राना मगरले गर्ने छन् । कप्तान रुविना क्षेत्री, अप्सरी बेगम, सोनु खड्का, सुमन खड्का मध्य्रकमका ब्याट्सम्या हुन् । डब्लूसिएलमा उत्कृष्ट प्रर्दशन गरेकी अलराउन्डर सुमनको डेब्यूको संभावना छ ।
। डली भट्ट फिनिसर हुन् । माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिदै विश्व कीर्तिमान कायम गरेकी स्पिनर अञ्जली चन्दबाट उत्कृष्ट प्रर्दशनको आशा गरिएको छ । सोनु खड्का र कविता कुँवरले ओपनिङ बलिङ स्पेल गर्ने छन् । तीनै टि ट्वान्टी खेलमा बंगलादेशले नेपालमाथि सहज जित निकालेको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले बंगलादेशलाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ । स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले बंगलादेशमाथि ऐतिहासिक जित निकाल्न चाहान्छ ।
नेपाल र बंगलादेशीको तीन टि ट्वान्टी नतिजा
सन् २०१६ : टि ट्वान्टी एसिया कप – बंगलादेश ९२ रनले विजयी
सन् २०१४ : एसियन वुमन्स क्रिकेट – बंगलादेश ८१ रनले विजयी
सन् २०१२ : टि ट्वान्टी एसिया कप – नेपाल ९ विकेटले पराजित
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]