default_image

6 years ago

December 4, 2019

बंगलादेशलाई नेपालको सामान्य लक्ष्य,५ खेलाडीले खाता पनि खोल्न सकेनन्

183 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशलाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भयो ।

बंगलादेशको घातक बलिङ सामु नेपालका ५ ब्याट्सवमनले खाता र ३ ले दोहोरो अंक जोड्न सकेनन् । नेपालले पहिलो ओभरको पाँचौ बलमा ओपनर काजल श्रेष्ठलाई शून्यमा गुमाएको थियो । काजललाई जहानारा आलमलले बोल्ड आउट गरिन् ।

जहानाराले पाँचौ ओभरको पहिलो बलमा अर्की ओपनर सिता राना मगरलाई ३ रनमा बोल्ड आउट गरिन् । तेस्रो विकेटका लागि कप्तान रुबिना क्षेत्री बेलबासे र सोनु खड्काले २० रनको साझेदारी गरेका थिए । नवौं ओभरको तेस्रो बलमा सोनुलाई फहिम खातुनले १२ रनमा रबेया खानबाट क्याच आउट गराइन् ।

रबेयाले रुबिनालाई १४ ओभरको दोस्रो बलमा १३ रनमा आउट गरेपछि नेपाल संकटमा परेको थियो । नेपालको विकेट पतन निरन्तर गुमि रह्यो । इन्दु बर्मा १०, ममता चौधरी १, करुण भण्डारी सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन् ।

अप्सरी बेगम ५ रनमा आउट भइन् । बंगलादेशकी रबेया खानले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् । जहानारा आलमले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । सलमान खातुन, नैहिदा अख्तर र फहिम खातुन १-१ विकेट लिइन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.