6 years ago
December 4, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।
बंगलादेशकी ओपनर मुर्सिदा खातुन २३ र आयशा रहमान २६ रनमा अविजित रहिन । यो जितसँगै बंगलादेश फाइनल नजिक पुगेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले हराएको थियो । त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भएको थियो ।
नेपालले पहिलो ओभरको पाँचौ बलमा ओपनर काजल श्रेष्ठलाई शून्यमा गुमाएको थियो । काजललाई जहानारा आलमलले बोल्ड आउट गरिन् । जहानाराले पाँचौ ओभरको पहिलो बलमा अर्की ओपनर सिता राना मगरलाई ३ रनमा बोल्ड आउट गरिन् ।
तेस्रो विकेटका लागि कप्तान रुबिना क्षेत्री बेलबासे र सोनु खड्काले २० रनको साझेदारी गरेका थिए । नवौं ओभरको तेस्रो बलमा सोनुलाई फहिम खातुनले १२ रनमा रबेया खानबाट क्याच आउट गराइन् । रबेयाले रुबिनालाई १४ ओभरको दोस्रो बलमा १३ रनमा आउट गरेपछि नेपाल संकटमा परेको थियो ।
नेपालको विकेट पतन निरन्तर गुमि रह्यो । इन्दु बर्मा १०, ममता चौधरी १, करुण भण्डारी सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन् । अप्सरी बेगम ५ रनमा आउट भइन् । बंगलादेशकी रबेया खानले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् ।
जहानारा आलमले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । सलमान खातुन, नैहिदा अख्तर र फहिम खातुन १-१ विकेट लिइन् । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराएको थियो । नेपालले तेस्रो तथा अन्तिम खेल शुक्रवार श्रीलंकासँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]