6 years ago
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दै छ । खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।

दुवै टोली पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा श्रीलंका यू२३सँग ६ विकेटले पराजित भएको थियो । भुटान श्रीलंका यू२३सँग १ सय ७३ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आफ्ना सबै सदस्य राष्ट्रलाई टि ट्वान्टी आईको मान्यता दिएको छ । त्यसैले आजको खेलमा टि ट्वान्टी आईको मान्यता छ ।
भुटान नेपाल भन्दा तुलनात्मक रुपले धेरै कमजोर टोली मानिन्छ । टि ट्वान्टी वरियतामा नेपाल १२ औं र भुटान ६९ अौं स्थानमा छन् । यसैबाट यी दुईबीचको स्तर थाहा हुन्छ । भुटानसँगको जित नेपालको लागि सहज देखिन्छ । कसरी जित्छ त्यो हेर्न बाँकी छ । भुटानसँग नेपाल पराजित भए आश्चर्यनै हुने छ ।
भुटानसँग नेपाललाई घरेलु मैदानमा जितसँगै विश्व कीर्तिमान बनाउने राम्रो अवसर पनि छ । आज भुटानविरुद्ध नेपाल र खेलाडीको नाममा केहि कीर्तिमान बन्न सक्छन् । बनेका कीर्तिमान सुधार हुन सक्छ । विश्व क्रिकेटमा नेपालले बनाएका धेरै कीर्तिमान कागजी रुपमा कमजोर टोलीविरुद्धनै छन् । सागमा स्पिनर अञ्जली चन्दले माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिएको होस् वा म्यानमारविरुद्ध २ बलमै जितेको कीर्तिमान ।
कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गर्ने छन् । श्रीलंकाविरुद्ध ७२ रनको उत्कृष्ट अविजित इनिङ खेलेका उप कप्तान दीपेन्द्र सिंह ऐरीबाट त्यस्तै आशा गरिएको छ । श्रीलंकाविरुद्ध १ रनमा आउट भएका ओपनर पारस खड्काले पनि ठूलो इनिङ खेल्न सक्छन् । आरिफ शेख, पवन सरार्फ विनोद भण्डारी मध्यक्रम समाल्ने छन् ।

कमजोर भुटानबिरुद्ध प्रमुख खेलाडीलाई आजको खेलमा आराम दिदै पहिलो खेलमा बेन्चमा बसेका कुशल भुर्तेल, रोहित कुमार पौडल, सन्दीप जोरा र राशिद खानले मौका पाउन सक्छन् । भुटानविरुद्ध सोमपाल कामी र करण केसी मध्य एकलाई बेन्चमा राख्दै युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गर्न सक्ने संभावना रहन्छ । स्पिनरमा ललित नारायण राजवंशी र सुसन भारीको जोडीलेनै निरन्तरता पाउने छन् ।
भुटानको कप्तानी जिग्मे सिंग्येले गर्ने छन् । श्रीलंकाविरुद्ध रञ्जुङ मिक्यो दोर्जेले २२ र सोनम तोबगे १० रन बनाउन बाहेक अन्यले दोहोरो अकंमा रन जोड्न सकेका थिएनन् । नेपाल र भुटानबीच पछिल्लो समय गत वर्ष अक्टोबरमा आईसीसी विश्वकप टि ट्वान्टी एसिया रिजन बी मा १ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो । जुन खेलमा नेपालले १ सय ५० रन बनाउदा भुटान ३३ रनमा अल आउट भएको थियो ।
यो पनि : ‘स्वर्ण जितें, अब विदेश जान्न’ – नेपाललाई सागमा सयौं स्वर्ण दिलाउन सफल सक्षम कार्कीको भोगाई
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]