6 years ago
December 5, 2019
काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर भुटानले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गरेका थिए । राशिदलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष्य रोशन कुमार सिंहले डेब्यू क्याप प्रदान गरेका थिए ।
आजको खेलमा सोमपाल कामी र अभिनास बोहोरालाई विश्राम दिइएको छ । उनको स्थानमा रोहित कुमार पौडेल र राशिदलाई मौका दिइएको हो । नेपालले घरेलु मैदानमा पहिलो पटक टि ट्वान्टी आई खेल्न लागेको हो ।
नेपालको प्लेइङ ११:
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी(विकेटकीपर), करण केसी, आरिफ शेख, पवन सरार्फ, ललित नारायाण राजवंशी, सुसन भारी, रोहित कुमार पौडेल र राशिद खान
बेन्चमा :
कुशल भुर्तेल, सन्दीप जोरा, सोमपाल कामी र अभिनास बोहोरा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]