default_image

6 years ago

December 5, 2019

भुटानमाथि नेपालको कीर्तिमानी जित

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित रहेको थियो । २ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउन सक्यो ।

भुटानका लागि मिक्यो दोर्जेले २३ बलमा ४ चौका सहित सर्वाधिक २७ रनको योगदान दिए । उनलाई १६ औं ओभरको दोस्रो बलमा पारस खड्काले दीपेन्द्र ऐरीबाट क्याच आउट गराएका थिए । ओपनर तेनजिङले ९, तोब्देन सिन्गे ११, जिग्मी सिन्जे ८ र सोनमले १५ रन जोडे । नेपालका पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । यो टि ट्वान्टी क्रिकेटमा नेपालको उच्च योगफल हो । नेज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी आई करिअरको पहिलो शतक गर्दै १ सय ७ रनको शतकीय इनिङ खेले । टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो । यस अघि पारसले सिंगापुरविरुद्ध १ सय ६ अविजित शतकीय इनिङ खेलेका थिए । जुन लक्ष्य पछ्याउँदा टि ट्वान्टीमा शतक प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान हुन् ।

१८ औं ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे । ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । जुन साझेदारी पहिलो विकेटका नेपालले टि ट्वान्टी आईमा उच्च साझेदारी हो ।

नवौं ओभरको दोस्रो बलमा कर्मा दोर्जेले कप्तान जिग्मे सिङ्गेबाट क्याच गराउनु अघि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रनमा आउट भए । पारसको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो । ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए । आरिफ शेख ४ रनमा नट आउट रहे । भुटानका कर्मा दोर्जेले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा शुक्रवार माल्दिभ्ससँग खेल्ले छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.