default_image

4 years ago

December 7, 2019

माल्दिभ्स नेपालसँग ८ रनमा अल आउट

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका १० ब्याट्सवुमेनले  खाता खोल्न सकेनन् […]

32 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत कास्य पदकको लागि भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९ रनको सामान्य लक्ष्य दिएको छ ।

पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका १० ब्याट्सवुमेनले  खाता खोल्न सकेनन् । यो विश्व महिला टि ट्वान्टी आईमा दोस्रो कम योगफल हो ।

सबैभन्दा कम योगफलमा मालीको महिला टोली रेवान्डासँग ६ रनमा अल आउट भएको छ । त्यस खेलमा मालीका १० खेलाडीले खाता खोल्न सकेका थिएनन् । स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् ।

यसअघि समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् । कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २-२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाले १-१ विकेट लिए ।

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

May 1, 2024

कमल र सागर समेट्दै विश्वकप टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो । विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट […]

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

Success

Thank you for your time.