default_image

4 years ago

December 28, 2019

पीपीएलमा सर्वाधिक १० विकेट लिने खेलाडी

47 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिको लागि फाइनलमा शनिवार चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुने छ । बलिङ नेपाली क्रिकेटका लागि उमेर, महिला र सिनियर टोली सबैको लागि प्रमुख हतियार हो ।

फ्रेन्चाइज लिगमा नेपाली खेलाडीको ब्याटिङ कमजोर रहिरहँदा बलिङ सधैं उत्कृष्ट रहँदै आएको छ । जुन यस पटकको पीपीएलले पनि निरन्तरता पाएको छ । फाइनलअघि बलिङमा चितवन र विराटनगरका खेलाडीको बाहुल्यता छ । सर्वाधिक विकेट लिने शीर्ष तीनमा चितवनका बलर छन् । फाइनल अघि पीपीएलमा सर्वाधिक विकेट लिने १० खेलाडी र ती खेलाडीको प्रर्दशन यस प्रकार छ ।

१. करण केसी (चितवन)

चितवन राइनोजका तीब्र गतिका बलर करण केसीले ५ खेलमा १९.४ ओभर बलिङ गर्दै १ सय ७ रन खर्चेर कुल ११ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ४–११ छ । करणले पोखराविरुद्ध १ विकेट लिदा बुटवलविरुद्ध ३.४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए । धनगढीविरुद्ध २, विराटनगरविरुद्ध ३ र काठमाडौंसँग १ विकेट लिदै शीर्ष स्थानमा रहेका छन् ।

२. भुवन कार्की (चितवन)

चितवनका स्पिनर भुवन कार्कीले ५ खेलमा १७ ओभर बलिङ गर्दै ९८ रन खर्चेर १० विकेट लिएका छन् । जसमा ३–१४ उत्कृष्ट प्रर्दशन छ । पोखराविरुद्ध २, बुटवलसँग १, धनगढीसँग ३ विकेट लिएका थिए । विराटनगरसँग ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । काठमाडौंसँग भुवनले एक विकेट लिए ।

३. सन्नी पटेल (चितवन)

भारतीय अलराउन्डर सन्नी पटेलले ५ खेलमा १९ ओभर बलिङ गर्दै ५ मेडन राख्दै ७७ रन खर्चेर ९ विकेट लिएका छन् । पोखरासँग २, बुटवलसँग १ र धनगढीसँग २ विकेट लिएका थिए । विराटनगरसँग १ र काठमाडौंसँग ३ विकेट लिएका थिए ।

४. मोहम्मद जैद आलम (विराटनगर)

विराटनगरलाई फाइनलमा पुर्याउन महत्वपूर्ण प्रर्दशन गरेका जैदले ६ खेलमा २३ ओभरमा १ मेडन सहित १ सय ३१ रन खर्चेर ९ विकेट लिएका छन् । धनगढीविरुद्ध १ र पोखरासँग २ विकेट लिएका थिए । काठमाडौं र चितवनसँग १–१ विकेट लिए । बुटवलसँग लिग चरणमा ४ ओभरमा २० रन खर्चिदै ४ विकेट लिदै म्यान अफ द म्याच चुनिएका थिए । बुटवलसँग क्वालिफायरमा १ विकेट लिएका थिए ।

५. किशोर महतो (विराटनगर)

विराटनगरका युवा तीब्र गतिका बलर किशोर महतोले ६ खेलमा १ मेडन सहित १ सय ७५ रन खर्चिदै ९ विकेट लिएका छन् । धनगढीसँग १ विकेट लिएका किशोरले पोखरालाई हराउन २१ रन खर्चेर ३ विकेट लिएका थिए । काठमाडौं र चितवनसँग १–१ विकेट लिएका थिए । लिग चरणको अन्तिम खेलमा बुटवललाई हराउन महत्वपूर्ण २ विकेट लिदाँ क्वालिफायरमा १ विकेट लिए ।

६. रोहन मुस्तफा (चितवन)

यूएईका अलराउन्डर तथा चितवनका प्रमुख खेलाडी रोहन मुस्तफाले ५ खेलमा १९ ओभर बलिङ गर्दै १ मेडन सहित ७८ रन खर्चेर ८ विकेट लिएका छन् । पोखराविरुद्ध २ विकेट लिएका उनले बुटवलविरुद्ध ७० रनमा अविजित रहँनुको साथै २ विकेट लिदै म्यान अफ द म्याच चुनिए । धनगढीसँग विकेट विहीन बन्दा विराटनगरसँग २ विकेट लिएका थिए । काठमाडौंसँग २ विकेट लिनुको साथै ५९ रनमा अविजित रहँदै म्यान अफ द म्याच चुनिए ।

७. अनिल खरेल (धनगढी)

एक्स्पर्ट धनगढी ब्लुजका युवा स्पिनर अनिल खरेलले ५ खेलमा १७ ओभर बलिङ गर्दै ८५ रन खर्चेर ८ विकेट लिएका छन् । ३–१५ उनको उत्कृष्ट प्रर्दशन रह्यो । विराटनगरसँग एक विकेट लिएका अनिलले काठमाडौंविरुद्ध विहीन बने । चितवन र बुटवलसँग २–२ विकेट लिए । पोखराविरुद्ध ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिदै टोलीको जित सहज बनाएका थिए ।

८. पुनित मेहरा (विराटनगर)

विराटनगरका अलराउन्डर पुनित मेहराले ६ खेलमा २२ ओभरमा १ मेडन सहित १ सय ४ रन खर्चेर ८ विकेट लिएका छन् । पुनितले धनगढी र पोखराविरुद्द १–१ विकेट लिए । काठमाडौंविरुद्ध २, चितवनसँग १ र बुटवलसँग ३ विकेट लिदै फाइनल पक्का गराएका थिए ।

९. साहब अलाम (विराटनगर)

विराटनगर टाइटन्सका स्पिनर साहब आलमले ६ खेलमा २३ ओभरमा १ मेडन सहित १ सय ३५ रन खर्चेर ८ विकेट लिएका छन् । धनगढी ३ विकेट लिए । आलमले पोखराविरुद्ध १ विकेट लिदा काठमाडौं र चितवनविरुद्ध विकेट विहीन बने । बुटवल ब्लास्टर्ससँग लिग चरणमा १ विकेट लिदा प्ले अफमा ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिदै म्यान अफ द म्याच चुनिदै फाइनल यात्रा पक्का बनाएका थिए ।

१०. अभिनास बोेहरा (बुटवल)

बुटवलका तीब्र गतिका बलर अभिनास बोहराले ६ खेलमा २३.३ ओभर बलिङ गर्दै १ सय ९८ रन खर्चिदै ८ विकेट लिए । अभिनासले काठमाडौं र चितवनसँग १–१ विकेट लिए । काठमाडौं विरुद्ध सुपर ओभरमा अभिनासले २ रन मात्रै खर्चिदै जित पक्का गरेका थिए । धनगढीविरुद्ध ४ विकेट लिदै म्यान अफ द म्याच चुनिदा विराटनगरसँग लिग चरण र प्ले अफम १–१ विकेट लिए ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.