default_image

4 years ago

January 15, 2020

पर्थविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन

एजेन्सी – बिग ब्यास लिग अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बुधबार पर्थ स्कोर्चर्सलाई सस्तैमा अलआउट गरेको छ । पहिलो ब्याटिङ गरेको पर्थले १३.५ ओभरमा अलआउट हुँदै मात्र ८६ रन बटुल्न सक्यो । पर्थलाई कमजोर स्कोरमा अलआउट गर्ने क्रममा नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ […]

54 views

0 Bookmark

एजेन्सी – बिग ब्यास लिग अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बुधबार पर्थ स्कोर्चर्सलाई सस्तैमा अलआउट गरेको छ । पहिलो ब्याटिङ गरेको पर्थले १३.५ ओभरमा अलआउट हुँदै मात्र ८६ रन बटुल्न सक्यो ।

पर्थलाई कमजोर स्कोरमा अलआउट गर्ने क्रममा नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । सातौं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा मात्र ३ रन खर्चिए । नवौं ओभरमा दोस्रो ओभर फ्याँकेका उनले जम्मा ४ रन खर्चेर विपक्षीलाई दबाबमा राखीरहे ।

सन्दीपले १३ औं ओभरमा उत्कृष्ट बलिङ गर्दै मेलबर्नलाई खेलमा बलियो स्थितिमा ल्याए । पहिलो दुई बल डट राखेका उनले तेस्रो बलमा क्रिस जोर्डनलाई बेन डंकको हातबाट क्याच गराए । लगत्तै अर्को बलमा उनले झाई रिचार्डसनलाई बोल्ड गर्दै ह्याट्रिकको अवसर पाए । त्यसपछि लगातार दुई बल डट फ्याँक्दै उनले ह्याट्रिक लिन नपाएपनि विकेट मेडन हासिल गरे ।

पर्थका लागि ओपनर जोश इंग्लिसले ३७ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन । लगातार विकेट गुमाएको घरेलु टोलीका लागि इंग्लिसबाहेक जम्मा दुई ब्याट्सम्यानले बाउन्ड्री प्रहार गरे । कप्तान मिचेल मार्स ७, लियाम लिभिङ्स्टोन ४, क्यामरन ग्रीन ४, क्यामरन ब्यानक्रफ्ट १० र टिम डेविड मात्र ३ रनमा आउट भए । जेरोन मोर्गन १, जोर्डन ५, रिचर्डसन १ र फवाद अहमद ६ रनमा पेभेलियन फर्किए ।

मेलबर्नका लागि सन्दीपले २ तथा ज्याक्सन कोलमनले ३ विकेट लिए । कुल्टर नेल, हरिस रौफ र कप्तान ग्लेन म्याक्सवेल पनि १-१ विकेट लिए । मेलबर्न ९ खेलमा ८ जितसहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दोस्रो स्थानको सिड्नी सिक्सर्सको १२ अंक मात्र छ ।

यो पनि : आर्मी एमएम कपको फाइनलमा

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.