default_image

4 years ago

January 17, 2020

अष्ट्रेलियालाई हराउँदै भारतद्वारा सिरिज बराबर

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली भारत ३६ रनले विजयी भएको छ । यो सँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा पुगेको छ । जितका लागि ३ सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनम अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रनको योगदान दिए […]

73 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली भारत ३६ रनले विजयी भएको छ । यो सँगै तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा पुगेको छ ।

जितका लागि ३ सय ४१ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनम अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथले सर्वाधिक ९८ रनको योगदान दिए । ३८ औं ओभरको पाँचौ बलमा स्पिनर कुलदिप यादवले बोल्ड आउट गर्नुअघि स्मिथले १ सय २ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद शामीको चौथो ओभरको दोस्रो बलमा मनिष पान्डेले उत्कृष्ट क्याच लिदै ओपनर डेविड वार्नरलाई १५ रनमा पेभेलियन फर्काए । १६ औं ओभरको पहिलो बलमा रबिन्द्र जडेजाले कप्तान आरोन फिन्चलाई ३३ रनमा स्टम्पिङ आउट गराए । फिन्चले ४८ बलमा ३ चौका प्रहार गरे । मार्नस लाबुसेन र स्मिथले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । जडेजाको ३१ औं ओभरको पाँचौ बलमा लाबुसेन शामीबाट ४६ रनमा आउट भएपछि अष्ट्रेलियालाई कठिन परेको थियो । लाबुसेनले ४७ बलमा ४ चौका प्रहार गरे ।

विकेटकिपर एलेक्स केरि १८ रनमा आउट भए । एस्टन टर्नर १३ र प्याट कमिन्स शुन्यमा आउट भएपछि अष्ट्रेलियाको जित टाढिएको थियो ।केन रिचड्सनले ११ बलमा ४ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । एस्टन अगर २५ र मिचेल स्टार्क ६ रन जोडे । मोहम्मद शामीले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादवले १० ओभरमा ६५ रन खर्चेर २ विकेट लिए । रबिन्द्र जडेजाले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । नवदिप सैनिले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो । स्पिनर एडम जम्पाले १३.३ ओभरमा रोहित शर्मालाई ब्यक्तिगत ४२ रनमा एलबीडब्लू आउट गरे । पहिलो विकेटका लागि शिखर धवन र रोहित शर्माले ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रोहितले ४४ बलमा ६ चौका प्रहार गरे ।

दोस्रो विकेटका लागि शिखर धवन र कप्तान विराट कोहलीले १ सय ३ साझेदारी गर्दै इनिङ उकासे । २९ औं ओभरको चौथो बलमा केन रिचड्सनले मिचेल स्टार्कबाट धवनलाई ९६ रनमा क्याच गराउदै शतकिय साझेदारी तोडे। ओडिआइ करिअरको १८ औं शतक बनाउन ४ रनले चुकेका धवनले ९० बलमा १३ चौका र १ छक्का प्रहार गरे । जम्पाले श्रेयर ऐरलाई ७ रनमा बोल्ड आउट गरे । चौथो विकेटका लागी कोहली र लोकेश राहुलले ७८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

कोहली पुन जम्पाकै सिकार बने। ४४ औं ओभरको पहिलो बलमा जम्पालाई ठुलो शट खेलेका कोहली लङ अनमा एस्टन अगरले बल मिचेल स्टार्कलाई दिदै बाउन्ड्री बाहिर गएका थिए । कोहलीले ७६ बलमा ६ चौका सहित ७८ रन जोडे । मनिष पान्डे २ रनमा आउट भए । पहिलो खेलमा कोहलीलाई जम्पाले १६ रनमा आउट गराएका थिए । तल्लोक्रममा विकेटकिपर लोकेश लाहुलले ५२ बलामा ६ चौका र ३ छक्का सहित ८० रनको उत्कृष्ट इनिङ खेलेपछी भारतले विशाल योगफल तयार पारेको थियो ।

राहुल अन्तिम ओभरको चौथो रन आउट हुन पुगे । रविन्द्र जडेजा १६ बलमा १ चौका सहित २० रनमा अविजित रहे । एडम जम्पाले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । केन रिचड्सनले १० ओभरमा ७३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.