default_image

4 years ago

January 25, 2020

सन्दीप सम्मिलित स्टार्स क्वालिफायरमा

39 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । शनिबार आफ्नो लिग चरणको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएपनि मेलबर्न स्टार्स शीर्ष स्थानमा रहँदै क्वालिफयारमा स्थान पक्का गरेको हो ।

हिटले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्टार्स १७.४ ओभरमा अल आउट हुँदै १ सय १५ रनमा समेटियो । ओपनर मार्कस स्टोनिसले ११ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएपनि मध्यक्रममा निरन्तर विकेट गुमाउँदा पराजित हुन पुगेको हो ।

पिटर हेन्डस्कम्ब २७ रनमा रन आउट भए । कप्तान ग्लेन म्याक्सवेललाई मिचेल स्वेपसनले नवौं ओभरको चौथो बलमा १ रनमा बोल्ड आउट गरेपछि मेलबर्न स्टार्सको जित टाढिएको थियो । ब्याटिङ गर्ने मौका पाएका सन्दीप ३ बलमा १ रन बनाउँदै कट एण्ड बोल्ड आउट भए ।

मिचेल स्वेपसनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । मुजिव उर रहमान र जेम्स प्याटिनसनले समान २-२ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हिटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

उसका दक्षिण अफ्रिकाका पुर्व कप्तान एबी डी भिलियर्सले ३७ बलमा ६ छक्का र २ चौका सहित ७१ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर साम हिजलेटलाई एडम जम्पाले दोस्रो ओभरको अन्तिम बलमा १८ रनमा बोल्ड आउट गरे ।

त्यस्तै अर्का ओपनर बेन कटिङलाई पनि जम्पाले आठौं ओभरको पाँचौ बलमा २२ रनमा निक मडिनसनबाट क्याच गराए । सन्दीपले ११ औं ओभरको चौथो बलमा कप्तान क्रिस लिनलाई ३४ रनमा निक लरर्किनबाट क्याच गराएपछि दबाबमा परेको थियो ।

तर डी भिलियर्सले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए। मार्नस लाबुेसनले १३ बलमा २ छक्का सहित २४ रनमा अविजित रहे । पाँचौ विकेटका लागि लाबुसेन र डी भिलियर्सले तल्लोक्रममा २९ बलमा ७० रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका हुन् ।

स्पिनर एडम जम्पाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । दिलबर हुसैनको नाममा १ विकेट रह्यो । यो हारको बाबजुद पनि बिग ब्यासको लिगमा मेलबर्न स्टार्स शीर्ष स्थानमै रहेपछि क्वालिफायरमा प्रवेश गरेको हो ।

मेलबर्न स्टार्स १४ खेलमा ४ मा हार र १० मा जित सहित २० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स १४ खेलमा ९ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.