default_image

4 years ago

January 25, 2020

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बंगलादेशलाई दोस्रो टि ट्वान्टी खेलमा ९ विकेटले पराजित गर्दै एक खेल अगावै टि ट्वान्टी सिरिज २-० ले जितेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको सहज जितमा कप्तान बाबर […]

38 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद हफिजको उत्कृष्ट ब्याटिङमा पाकिस्तानले बंगलादेशलाई दोस्रो टि ट्वान्टी खेलमा ९ विकेटले पराजित गर्दै एक खेल अगावै टि ट्वान्टी सिरिज २-० ले जितेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य घरेलु टोली पाकिस्तानले १६.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको सहज जितमा कप्तान बाबर आजम ४४ बलमा ७ चौका र १ छक्का सहित ६६ रनमा अविजित रहँदै म्यान अफ द म्याच चुनिए । त्यस्तै मोहम्मद हफिज ४९ बलमा ९ चौका र १ छक्का सहित ६७ रनमा अविजित रहे । ओपनर आशन अली शून्यमा आउट भए । बाबर र हफिजले दोस्रो विकेटका लागि १ सय ३१ रनको शतकीय अविजित साझेदारी गर्दै सहज जित पक्का गरे ।

त्यस अघि टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । बंगलादेशका ओपनर तमिम इकवालले ५३ बलमा ७ चौका र १ छक्का सहित ६५ रनको योगदान दिए । अफिफ हुसैन २० बलमा १ चौका र १ छक्का सहित २१ रनको योगदान दिए । कप्तान महमुदुल्ला १२, सौम्य सरकार ५ र लिटन दासले ८ रन जोडे । पाकिस्तानका युवा खेलाडी मोहम्मद हसनैनले २, हरिस रउफ शाहिन अफ्रिदी र सादब खानले १-१ विकेट लिए ।

पहिलो टि ट्वान्टी खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुने छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.