default_image

4 years ago

January 25, 2020

‘यो नै अन्तिम अवसर’

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले सिंगापुर त्रिकोणात्मक टि ट्वान्टी सिरिजको गल्ती ओमान र अमेरिकासँगको ओडीआई सिरिजमा नगर्दै अन्तिम अवसर सम्झेर खेल्ने बताएका छन् । ओमान र अमेरिकासँग कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि शुक्रबार घोषित १४ सदस्य टोलीमा अटाएका कुशल एक दिवसिय (ओडीआई) मा पहिलो पटक मौका पाएका हुन् । यू-१९ […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले सिंगापुर त्रिकोणात्मक टि ट्वान्टी सिरिजको गल्ती ओमान र अमेरिकासँगको ओडीआई सिरिजमा नगर्दै अन्तिम अवसर सम्झेर खेल्ने बताएका छन् ।

ओमान र अमेरिकासँग कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि शुक्रबार घोषित १४ सदस्य टोलीमा अटाएका कुशल एक दिवसिय (ओडीआई) मा पहिलो पटक मौका पाएका हुन् । यू-१९ का प्रमुख अलराउन्डर समेत रहेका कुशलले पहिलो पटक ओडीआई टोलीमा परेपछि हाम्रो खेलकुदसँग यस्तो बताएका हुन् ।

‘टोलीमा पुनरागमन गर्दा खुसी लागेको छ । सिंगापुरमा डेब्यू गरेपनि आफ्नो क्षमता अनुसारको प्रर्दशन गर्न सकिन । त्यसबेला मैले सट छनोटमा केहि गल्ती गरे जस्तो लाग्छ । अब त्यो गल्ती ओडीआई सिरिजमा दोहोरिने छैन’, उनले भने ।

घरेलु मैदानमा खेल्न पाउँदा थप खुसी लागेको उनले बताए । ‘घरेलु मैदानमा खेल्दा रमाईलो हुन्छ । समर्थक हेर्दा अझ खुसी लाग्छ । इपिएलमा बाक्लो समर्थक सामु खेलिसकेको छु, त्यसैले कुनै दबाब छैन, ‘उनले थपे ।

दुई साता अघि सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीबाट खेल्दै कुशल उत्कृष्ट ब्याट्सम्यान घोषित भएका थिए । जसक्रममा कुशलले एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका सहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । उक्त प्रर्दशनले आत्माविश्वास अझ बढेको बताउँछन् ।

‘खेल सधैं र सबै महत्वपूर्ण हुन्छन् । म जिम्मेवार भएर खेल्नुपर्छ । टोलीमा स्थान बनाइराख्ने हो भने प्रर्दशन गरिराख्न सक्नुपर्छ । खेल्ने क्रिकेटनै हो, टि ट्वान्टी होस् वा ओडीआई । रन बनाउन र विकेट लिन सक्नुपर्यो । देश र टोलीका लागि खेल्ने हो । जुन भुमिका दिएपनि निभाउन तयार छु’, उनले भने ।

कुशलले आफ्नो लागि यो अन्तिम अवसर सम्झेर खेल्ने बताउछन् । गत सेप्टेम्बरमा सिंगापुर र जिम्बावेसँगको त्रिकोणात्मक टि ट्वान्टी सिरिज अन्तर्गत जिम्बावेसँग डेब्यू गर्दै कुशल २ रनमा आउट भएका थिए। जिम्बावेसँगको दोस्रो खेलमा कुशल ५ रनमा आउट भए । ओमानमा पाँच टोली सम्मिलित टि ट्वान्टी सिरिजमा टोलीमा रहेपनि मौका पाएनन् ।

कुशल बंगलादेशमा भएको इमर्जिङ एक दिवसिय कप र घरेलु मैदानमा भएको १३ औं सागमा टोली बाहिर रहे । पछिल्लो सयम घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गरेका कुशलले अलराउन्डर पवन सरार्फको स्थान लिएका हुन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.