default_image

4 years ago

January 26, 2020

यू१९ विश्वकप: क्वाटरफाइनल समिकरण पूरा

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह  ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ […]

20 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार समुह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उप विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो क्वाटरफाइनलमा बुधबार समुह ‘बी’ को विजेता वेस्ट इन्डिजले समूह  ‘ए’ को उप विजेता न्यूजिल्यान्डसँग खेल्ने छ । तेस्रो क्वाटरफाइनलमा बिहीबार समूह ‘सी’ को विजेता बंगलादेशले समूह ‘डी’ को उप विजेता दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने छ ।

शुक्रबार समूह ‘डी’ को विजेता अफगानिस्तानले समूह ‘सी’ को उप विजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनल माघ २१ र २३ मा हुने छ । फाइनल माघ २९ मा हुने छ । विश्व विजेता इंग्ल्यान्डको यू१९ टोली भने समूह चरणबाटै बाहिरिन पुग्यो ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड यू१९ टोली वेस्ट इन्डिज र अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको हो । इंग्ल्यान्डले शनिबार पहिलो पटक विश्वकप खेलेको नाइजेरियालाई ८ विकेटले हराएको थियो । शनिबार भएको ग्रुप ‘ए ‘को खेलमा श्रीलंकाले पहिलो पटक विश्वकप खेलेको जापनलाई ९ विकेटले पराजित गर्यो ।

जापानले प्रस्तुत गरेको ४४ रनको सामान्य लक्ष्य श्रीलंकाले ८.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गरेको थियो । समुह ‘सी’ को खेलमा शनिबार जिम्बावेले स्कटल्यान्डलाई ८ विकेटले पराजित गर्यो । समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई डकवर्थ लेविस पद्धतीको आधारमा २३ रनले हराउँदै दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.