default_image

6 years ago

January 29, 2020

शाहजादले चितवनबाट इपिएल खेल्ने

228 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा अफगानिस्तानका विश्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले चितवन टाइगर्सबाट खेल्ने भएको छ । चितवनले बुधबार  प्रेस विज्ञप्ती जारी गर्दै शाहजादको आगमनले आफ्ना खेलाडीलाई राम्रो अनुवभ दिने बताएको छ ।

अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०१७ उनले को जनवरीमा विहान ओमान र बेलुका आयरल्यान्डसँग फाइनलमा अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए ।

शाहजादले विश्फोटक ब्याटिङको लागि विश्व क्रिकेटमा परिचित छन् । अफगानिस्तानलाई टेष्ट मान्यता दिलाउन उनको योगदान महत्वपूर्ण छ । उनले २ टेष्टमा ६९, ८५ ओडीआईमा ६ शतक र १४ अर्ध शतक सहित कुल २७ सय २६ तथा ६४ टि ट्वान्टीमा १ शतक सहित १८ सय ६० रन बनाएका छन् ।

शहजादको टि ट्वान्टीआईमा स्टाइक रेट १३४ रहँदा २ सय ६ चौका र ६९ छक्का सामेल छ । सन् २०१६ मा शाहजादले जिम्बावेसँगको टि ट्वान्टी खेलमा ६७ बलमा १० चौका र ८ छक्का १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । शाहजादले अफगानिस्तान क्रिकेट बोर्डसँग अनुमति नलिई अन्य देशमा गएको भन्दै प्रतिबन्धमा रहेका छन् ।

एक दिवसिय खेलमा विश्वकपमा फिटनेश नभएको भन्दै उनलाई घर फिर्ता बोलाइएको थियो । प्रतिबन्धमा रहेका शहजादले विदेशी लिग खेल्दै आएका छन् । चितवनले यस पटक कप्तान पृथु वास्कोटालाई पोखरा राइनोज र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई काठमाडौं किंग्स ११ लाई बेचेको छ ।

काठमाडौंका तीब्र गतिका बलर सोमपाल कामी यस पटक चितवनबाट इपिएल खेल्ने छन् । चितवनमा सोमपालसँगै, दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भिम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.