default_image

4 years ago

February 2, 2020

न्युजिल्यान्डविरुद्ध भारतको क्लिनस्विप

एजेन्सी – तीब्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज पाहुना टोली भारतले क्लिनस्वीप गरेको छ । आइतबार पाँचौ तथा अन्तिम खेलमा ७ रनले विजयी हुँदै भारतले सिरिज ५-० ले जितेको हो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन […]

107 views

0 Bookmark

एजेन्सी – तीब्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज पाहुना टोली भारतले क्लिनस्वीप गरेको छ ।

आइतबार पाँचौ तथा अन्तिम खेलमा ७ रनले विजयी हुँदै भारतले सिरिज ५-० ले जितेको हो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनायो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डलाई चौथो विकेट लागि टिम सेफर्ट र रस टेलरले ९९ रनको साझेदारी गर्दै जितको आशा दिलाएपनि पुन एक पटक फिनिसिङमा चुक्दा पराजित हुन पुगेको हो ।

१३ औं ओभरको चौथो बलमा नवदीप सैनीले सञ्जु स्यामसनबाट सेफर्टलाई ५० रनका क्याच गराउँदै भारतलाई खेलमा फर्काएका थिए । सेफर्ट आउट भएसँगै न्युजिल्यान्डको विकेट निरन्तर पतन हुन पुग्यो । सेफर्टले ३० बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

टेलरले ४७ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा आउट भए । ओपनर मार्टिन गुप्टिल २ र कोलिन मुनरो १५ रनमा आउट भएका थिए । दशौं ओभरमा मध्य गतिका बलर शिवम दुबेले ४ छक्का र २ चौका सहित कुल ३४ रन खर्चिन पुगेका थिए । ईश सोधी १० बलमा २ छक्का सहित १६ रनमा अविजित रहे ।

जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अर्का युवा तीब्र गतिका बलर नवदीप सैनीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले २ र वासिन्टन सुन्दरले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । नियमित कप्तान विराट कोहलीलाई भारतले आजको खेलमा विश्राम दिएको छ ।

रोहित शर्मा ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६० रनमा रिटायर्ट हर्ट भएका थिए । खुट्टामा केहि समस्या देखिएपछि रोहितले १७ औं ओभरको पाँचौ बलमा मैदान छोडेर पेभेलिएन फर्केका थिए ।

ओपनर सञ्जु स्यामसनलाई २ रनमा गुमाएको भारतलाई रोहित र लोकेश राहुलले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । १२ औं ओभरको तेस्रो बलमा हशिम बेनेटले मिचेल सान्टनरबाट क्याच गराउनु अघि राहुलले ३३ बलमा ४ चौका र २ छक्का सहित ४५ रन जोडे ।

युवा ब्याट्सम्यान श्रेयस ऐर ३१ बलमा १ चौका र २ छक्का सहित ३३ रनमा अविजित रहे । शिवम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ४ खेलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । न्युजिल्यान्डका स्कर्ट कुग्गेलेइजनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । हशिम बेनेटको नाममा १ विकेट रह्यो ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । तेस्रो र चौथो दुबै खेलमा भारत सुपर ओभरमा विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच थप तीन ओडीआई र दुई टेष्ट सिरिज हुने छ । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.