default_image

4 years ago

February 5, 2020

नेपाल ओमानसँग खेल्दै

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले पहिलो खेलमा बुधबार ओमानसँग खेल्दैछ । खेल बुधबार बिहान ९:३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालको विश्वकप लिग-२ मा यो पहिलो खेल हो । सात राष्ट्र सम्मिलित विश्वकप लिग २ मा सबै टोलीले होम, अवे र न्यूटल भेन्यू गरि एक टोलीले तीन वर्षको अवधीमा कुल ३६ ओडीआई खेल खेल्नेछन् । जसमा शीर्ष तीन टोलीले सन् २०२२ मा हुने एकदिवसिय विश्वकप छनोट खेल्न पाउने छन् भने पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

ओमानसँगको खेलबाट नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्ने छ । टीयू क्रिकेट मैदानले पनि ओडीआई मान्यता पाउने छ । टीयू ओडीआई मान्यता पाउने विश्वकै २ सय ९ औं मैदान बन्ने छ । नेपाल घरेलु मैदानमा बलियो ओमानलाई हराउँदै विश्वकप लिग-२ यात्रामा सुखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता ओमान नेपाललाई हराउँदै दोस्रो स्थानमा उक्लिन चाहान्छ ।

नेपालको ओपनिङ पारस खड्का र ज्ञानेन्द्र मल्लले गर्ने छन् । लामो समय देखी समस्याको रुपमा रहेको ओपनिङ ब्याटिङ पारस र ज्ञानेन्द्रबाट ठूलो इनिङको आशा गरिएको छ । त्यस्तै शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, रोहित कुमार पौडेल र कुशल मल्ल नेपालका प्रमुख ब्याट्सम्यान हुन् । तल्लोक्रममा करणबाट आक्रामक ब्याटिङको आशा गरिएको छ । तीब्र गतिको बलिङ मा करणसँगै, अभिनाश बोहरा र कमल सिंह ऐरी छन् ।

नेपालले ओमानसँग करण र अभिनाशलाई तीब्र गतिका बलरको रुपमा मैदान उतार्ने प्रबल सम्भावना छ । यता स्पिनरमा सन्दीप लामिछानेको स्थान पक्का नै छ । सन्दीपलाई सुशन भारी र ललित नारायण राजवंशी मध्य एकले साथ दिने छन् । नेपाल ७ ब्याट्सम्यान र चार प्रमुख बलरको साथ मैदान उत्रने संभावना छ ।

भारत र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता रहेको ओमान पछिल्लो समय नेपालमाथि निरन्तर हाबी हुदै आएको छ । त्यहि लयलाई ओमानले निरन्तरता दिन चाहन्छ । सन् २०१८ को डिभिजन २ मा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो । गत वर्ष मलेसियामा भएको एसिया कप क्वालिफायरमा ओमानले नेपाललाई ७ विकेटले हराएको थियो । नेपालले प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य ओमानले ३ विकेट गुमाउँदै १२ बल अगाडी पुरा गरेको थियो ।

गत अक्टोबरमा ओमानमा भएको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी खेलमा ओमानसँग नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले पराजित हुन पुगेको थियो । ओमानका पाकिस्तानी मुलका बायाँ हाते तीब्र गतिका बलर विलाल खान प्रमुख हतियार हुन् । पाकिस्तानी मुलकै अलराउन्डर खवर अली, ब्याट्सम्यान अकीब इलियास, कप्तान तथा अलराउन्डर जीशान मकसूद र जतिन्दर सिंह प्रमुख खेलाडी हुन् । नेपाली मुलका विकेटकिपर सुरज कुमार पनि घातक बन्न सक्छन् ।

ओमानको टोली –

जीशान मकसूद (कप्तान) अकीब इलियास (उपकप्तान), जितेन्द्रर सिंह, खवर अली, सनुथ इब्राहिम, सुरज कुमार, मोहम्मद नसीम, सन्दीप गौड, मोहम्मद नदीम, जय ओडेदरा, बादल सिंह, अहमद बट, कलीमुल्लाह र बिलाल खान

नेपाली टोली –

ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल, कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

Success

Thank you for your time.