default_image

6 years ago

February 5, 2020

दीपेन्द्र र शरद नेपाललाई समाल्दै

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य नेपालले पक्ष्याई रहेको छ । नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै ६३ रन बनाएको छ ।

सुरुवाती चार रनमै दुबै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले इनिङ समालि रहेका छन् । तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ५९ रनको अविजित साझेदारी गर्दै इनिङ अघि बढाई रहेका छन् ।

दीपेन्द्र ३९ बलमा ५ चौका र १ छक्का ३५ सहित रनमा अविजित छन् । शरद ३७ बलमा ३ चौका सहित २२ रनमा खेलि रहेका छन् । दबाबमा परेको नेपाललाई शरद भेषवाकरले १४ औं ओभरको चौथो र पाँचौ बलमा कप्तान जीशान मकसुदलाई लगातार चौका प्रहार गरे । सधैं चिन्ताको विषय बन्ने आपनिङ आज पनि सम्झन लायक रहेन ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ र पारस खड्का ३ रनमा क्याच आउट हुन पुगे । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुन पुगे । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.