6 years ago
February 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध अर्ध शतक पुरा गरेका छन् । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ ।

शरदले ९६ बलमा अर्ध शतक पुरा गरे । योसँगै शरद घरेलु मैदानमा ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि नेपालबाट ओडीआईमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्ध शतक प्रहार गरेका थिए ।
शरद ९६ बलमा ५ चौका सहित ५० रनमा खेलि रहेका छन् । शरदलाई सन्दीपले ३ रनमा साथ दिएका छन् । सुरुवाती चार रनमा दुवै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस र ज्ञानेन्द्रलाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरे । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र १ र पारस ३ रनमा आउट भएका थिए ।
कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए । २४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने ।

लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो स्लिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा दबाबमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए । तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच आउट गराए । विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]