default_image

6 years ago

February 5, 2020

नेपाल ओमानसँग पराजित

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए ।

४४ औं ओभरको पहिलो बलमा अकीब इलियासले बोल्ड आउट गर्नुअघि शरदले १ सय ८ बलमा ५ चौका प्रहार गरे । शरदले ९६ बलमा अर्ध शतक पुरा गरेका थिए । योसँगै शरद घरेलु मैदानको ओडीआईमा अर्ध शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । शरदको ओडीआई करिअरको यो पहिलो अर्ध शतक पनि हो । खेललाई सन्दीप लामिछानेले रोमान्चक बनाए ।

सन्दीप र शरदले आठौं विकेटका ३८ लागि रनको साझेदारी गर्दै जितको आशा बढाएका थिए । तर शरद आउट भएसँगै नेपालको जित टाढिएको थियो । सन्दीपले २७ बलमा ३ चौका र १ छक्का सहित २८ रनमा क्याच आउट भए । ४५ औं ओभरको पहिलो बलमा मकसुदले सन्दीपलाई फस्ट सिलिपमा रहेका खावर अलीबाट उत्कृष्ट क्याच गराएसँगै नेपालको जितको आशा सकिएको थियो ।

सुरुवाती चार रनमा दुवै प्रमुख ब्याट्सम्यान तथा ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र शरदले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । नेपालको ओडीआईमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । दीपेन्द्रलाई २० औं ओभरको तेस्रो बलमा मोहम्मद नदीमले ३६ रनमा एलबिडब्लू आउट गरेपछि पुन दबाबमा परेको थियो ।

दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कलीमुल्लाहको चौथो ओभरको पाँचौ बलमा सट खेल्नेक्रममा कप्तान ज्ञानेन्द्र १ रनमा मोहम्मद नदीमबाट क्याच हुँदै पेभिलिएन फर्के । त्यस्तै बिलाल खानको पाँचौ ओभरको तेस्रो बलमा पारस सट खेल्नेक्रममा एज लाग्दै विकेटकिपर सुरज कुमारबाट ३ रनमा क्याच आउट भए ।

२४ औं ओभरको पहिलो बलमा आरिफ शेख ६ रनमा जिशान मकसुदको कट एण्ड बोल्ड आउटको शिकार बने । लगत्तै दोस्रो बलमा रोहित कुमार पौडेल दोस्रो सिलिपमा रहेका खावर अलीबाट शून्यमा क्याच आउट भएपछि नेपालमा संकटमा परेको थियो । छैटौं विकेटका लागि विनोद भण्डारी र शरदले ४३ रनको साझेदारी गर्दै केहि आशा दिलाएका थिए । तर ३४ औं ओभरको पहिलो बलमा विनोदलाई अलीले सन्दीप गौडबाट २६ रनमा क्याच गराए ।

विनोद भण्डारीले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले खाता खोल्न सकेनन् । अभिनाश बोहरा र सुशन भारीले ८-८ रन जोडे । ओमानका जिशान मकसुदले १० ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए । कलीमुल्लाह र बिलाल खानले २-२ विकेट लिए । मोहम्मद नदीम, खावर अली र अकीब इलियासको नाममा १-१ विकेट रह्यो ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेका थिए । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा २ छक्का सहित १७ रन खर्चेका थिए । बिलाल खान ८ रनमा अविजित रहे ।

नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिएको थियो । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरदबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।

करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे ।

१९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा अम्पायरले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे । एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्रबाट शून्यमा क्याच गराएपछि ओमान ५७-५ को संकट अवस्थामा पुगेको थियो ।

खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए । यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारसले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए । दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे ।

तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए । ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् । नेपालले अव शनिवार अमेरिकासँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.